
काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका सदस्यहरुले सभापतिमा ५० बर्ष नाघेका व्यक्ति ल्याउने पार्टी तयारीविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीे नेताहरुले नेवि संघलाई बृद्ध संघ बनाउन खोजिएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
नेवि संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतका युवा विद्यार्थीले पार्टीका नेताको मनोपोली विधानविपरित हुन लागेको आरोप लगाए ।
सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री बन्दा ४९ बर्षको रहेको स्मरण गराउँदै त्रिपाठीले भने,‘कुन नियमअनुसार ५० बर्ष नाघेका व्यक्तिलाई नेवि संघको सभापति बनाउन लागिएको हो ?’
३२ बर्ष उमेर हद कायम राखी नेवि संघको तदर्थ समिति बनाउनुपर्ने जोड दिएका विद्यार्थीहरुले पार्टीको तयारी गलत भएको बताए । नेवि संघका नेता मनिष सिम्खडाका अनुसार विधि र विधानविपरित मूल पार्टी हिँड्नु गलत हुनेछ ।











प्रतिक्रिया