बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

चाबहिलमा भत्काउँदै गरेकाे घर ढल्दा, केही मजदुर घाइते

दैनिक नेपाल २०७६ कार्तिक ६ गते १४:०७

कठमाडौँ, ६ कात्तिक । बुधबार दिउँसो चाबहिलस्थित मूल सडकको भत्काउँदै गरेकाे घर ढल्दा केही मजदुर घाइते भएका छन् । भत्किएको उक्त घरमा मानिस पुरिएको समेत हुन सक्ने आशंका गरिएको छ ।

भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ । चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको घर भत्किएको हो ।

केही दिनअघिबाट क्रेन प्रयोगगरी चारतले पुरानो घर भत्काउन थालिएको थियो ।

तर, आज भत्काउन थालिएको उक्त घर ढलेपछि मान्छे पुरिएको आशंका गरिएको छ । केही घाइते मजदुरलाई अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित