बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

शेरबहादुर सत्ता : प्रजातन्त्र दरबार पुग्यो, पार्टी भताभुङ्ग बन्यो

दैनिक नेपाल २०७६ कार्तिक ६ गते १२:१८

काठमाडौं, ६ कात्तिक । प्रजातन्त्र र लोकतन्त्रको पयार्यको परिभाषा गर्ने नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको उदयले अहिले पार्टी भताभुङ्ग भएको छ । यसअघि नै उनको सत्ताले मुलुकको प्रजातन्त्रको नै हरण गरेको थियो ।

सभापतिमा निर्वाचित भएयता शेरबहादुरको एकल सत्ताका कारण विधानका मर्म कुल्चियो भने टिका लगाउने प्रथाको सुरुआत भयो । १३ औं महाधिवेशनमा प्रजातान्त्रिक प्रणालीबाट शेरबहादुरको उदय भए पनि पार्टीको १४ औं महाधिवेशनको अनिश्चिचतामा पुग्नु उनको एकल सर्वसत्तावादी व्यवाहार निर्णायक बनेको कतिपय कांग्रेस नेताले नै बताउन थालेका छन् ।

नेपाल विद्यार्थी संघको सभापतिमा नैनसिंह महरलाई दाहिने खल्तीबाट नेतृत्व दिएका शेरबहादुरले तरुण दलको नेतृत्व देव्रे खल्तीबाट जीतजंग बस्नेतलाई दिए । जसका पदाधिकारीले एकले अर्कालाई कारबाही गरेका विवरण केही समयअघि सतहमा आएका थिए । ‘सभापति भए पनि कांग्रेसलाई बलियो बनाएर चलाउन नसक्नु उनको गल्ती बनिरहेको छ । पार्टी प्रजातान्त्रिक प्रणालीभन्दा पनि सर्वसत्तावादी सोचबाट चलाइयो’, एक कांग्रेस केन्द्रीय सदस्य भन्छन्,‘अहिले पनि पार्टीको समिकरण, सहजता र सहमति भन्दा पनि त्यसको विपरित हिसाबबाट चलाइरहेका छन् ।’

तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले नेपाली कांग्रेसलाई ‘सहमति, सहकार्य र एकता’को भाकामा चलाएको स्मरण गरेका कतिपयले शेरबहादुर पार्टीका लागि त घातक रहँदै आएको टिप्पणी गर्दै उनी देशका लागि नै घातक रहेको दाबी गरेका छन् ।

त्यसमध्ये नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले उक्त विचार व्यक्त गरेको विवरण केही दिन अघि मात्र सतहमा आएको थियो ।

शेरबहादुरको नेतृत्व अफाप भएको पार्टीभित्रको उदाहरण मात्र पहिलो होइन । तत्कालिन केपी शर्मा ओलीको सरकार विगठन गरी तत्कालिन नेकपा माओवादी केन्द्रसँगको गठजोडले पनि कांग्रेसलाई ओरालो झारेको कतिपयको बुझाई छ । त्यसैको परिणाममा गएको चुनावमा कांग्रेसलाई कम्युनिस्ट गठजोडले भित्तामा पुर्याएको बुझ्ने पुराना कांग्रेस धेरै छन् । उक्त सरकारका बेला र आफू प्रधानमन्त्री भएपछि शेरबहादुरले चुनावबाहेक सबै अलोकप्रिय निर्णय र काम गरेका थिए ।

१८ असोज ०५९ मा उनलाई त्यसैको परिणाममा तत्कालिन राजा ज्ञानेन्द्रले अपदस्त गर्दै पक्राउ गरेका थिए । जबकि, त्यसअघि उनले ८ जेठ, ०५९ मा प्रतिनिधि सभा विगठन गरी राजाको पाउमा प्रजातन्त्र बुझाएका थिए । जसका कारण पार्टीभित्र तिव्र विरोध र असमझदारी भएपछि कांग्रेस विघटन भएको थियो

तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई एउटा प्रहरी अधिकृतलाई प्रहरी प्रमुखको जिम्मेवारीमा पुर्याउने शेरबहादुरको स्वार्थ पुरा गरिनदिँदा महाअभियोग लगाउने, कांग्रेसको सहज जीत हुने भरतपुर महानगरपालिकाको चुनावमा रेणु दाहाललाई सहयोग गर्नु कमजोरी रहेको कांग्रेसीहरू स्वीकार गर्छन् ।

बुधबार मात्र नेपाल विद्यार्थी संघको नेतृत्व चयनका लागि विधानलाई मिचेर एकल निर्णय गर्न लागिएको भन्दै एउटा खेमा विरोधमा उत्रिएको छ । त्यस खेमाका युवा नेता भन्छन्,‘यो त घोर तानाशाही प्रवित्ति हावी भयो, विधान र नियम सभापतिबाटै मिचिएपछि अरुले के सिक्ने ?’

यति मात्र होइन, जब जब देशको सत्तामा शेरबहादुर पुगेका छन्, उनको विवेकहिन निर्णयका कारण देशले नै दुख पाएका विवरणहरू पर्याप्त छन् ।

०५२ सालमा उनकै सत्ताका बेला डा. बाबुराम भट्टराईले ४० बुँदे माग राखी माओवादी सशस्त्र युद्धको थालनी गरेका थिए । ०६२ सम्म आउँदा माओवादी आन्दोलनमा १७ हजार नागरिकको हत्या भयो, यसको जस या अपजस शेरबहादुरकै टाउकोमा जान्छ । चलिरहेको तत्कालिन प्रतिनिधि सभाको विगठन गरी सत्ताका लागि शेरबहादुरले प्रजातन्त्र तत्कालिन राजा ज्ञानेन्द्रको पाउमा राखेका थिए । त्यसपछि राजासँग टिको थापेरै प्रधानमन्त्री पदमा रहेका शेरबहादुरले पार्टी विभाजन गरी नेपाली कांग्रेस ‘प्रजातान्त्रिक’ राखेका थिए ।

१८ असोज ०५९ मा उनलाई त्यसैको परिणाममा तत्कालिन राजा ज्ञानेन्द्रले अपदस्त गर्दै पक्राउ गरेका थिए । जबकि, त्यसअघि उनले ८ जेठ, ०५९ मा प्रतिनिधि सभा विगठन गरी राजाको पाउमा प्रजातन्त्र बुझाएका थिए । जसका कारण पार्टीभित्र तिव्र विरोध र असमझदारी भएपछि कांग्रेस विघटन भएको थियो ।

मुलुकमा द्वन्द्व समाधानका निम्ति वार्ताका प्रयत्न गर्नुको साटो देउवाले तत्कालिन विद्रोही माओवादी नेताका टाउकाको मुल्य मात्र तोकेनन्, संकटकाल पनि घोषणा गरेका थिए । राजनीतिमा पुनर्दोय गरेका देउवा अहिले प्रतिपक्षी दलका नेता हुँदै गर्दा सरकारविरुद्ध एजेन्डाअनुसारका कुनै विरोध हुन नसकेको भन्दै आलोचनाको पात्र मात्र बनेका छैनन्, पार्टीका संगठित संस्था भताभुङ्ग बनाउने र नेतृत्व व्यवस्थापनमा कुशलता नदेखाएको भनी तिव्र आलोचित छन् ।

प्रतिक्रिया
सम्बन्धित