बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

जनकपुरमा गोली हानी एकको हत्या, गोली चलाउने पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक ६ गते ११:४६

काठमाडौं, ६ कात्तिक । ठेक्कापट्टा लेनदेनको विवादमा जनकपुर–१४ मा बुधबार गोली हानी एक व्यक्तिको हत्या गरिएको छ ।

स्थानीय ४० वर्षीय मनोज साहलाई शंकर चौधरीले गोली हानी हत्या गरेको प्रहरीले दाबी गरेको छ । चौधरीलाई प्रहरीले छिमेकीको घरमा लुकेको अवस्थामा घेरा हानी पक्राउ गरेको हो ।

धनुषा प्रहरीका अनुसार चौधरीको घरमा भएको विवादका क्रममा गोली चलाइएको थियो । घटनास्थलबाट प्रहरीले २ वटा पेस्तोल र २२ राउन्ड गोली जफत गरेको छ ।

घटनाका विषयमा अझै अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित