३० आश्विन २०८३, शुक्रबार

अटिजम भएका नेपाली बालकले पूरा गरे लिस्बन म्याराथन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिस्बन । अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पुरा गरेका छन् ।

पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेशले आफ्ना भाई युरेकको साथमा दौड पूरा गर्न सफल भएका हुन् । लिस्बन मिनी म्याराथुनमा भाग लिने दुईजना मात्रै नेपालीहरु युरेश र युरेक रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ ।

म्याराथन क्लब पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” मा ७ वर्षीय युरेश पाण्डेयले आफ्ना ५ वर्षीय भाई युरेकको साथमा २ किमी दौड पूरा गर्न सफल भएका हुन् ।

युरेशमा अटिजमको पहिलो लक्षण तीन वर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेय बताउछन्। बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेले बताए ।

युरेश र युरेक दुबै दाजुभाइले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो ।

बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि क्लबले हरेक बर्ष बालबालिकाहरुका बिच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । युरेश र युरेक दुबै दाजुभाई आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन् ।