११ मंसिर २०८३, शुक्रबार

दश दिन हिरासतमै राखेर श्रेष्ठमाथि अनुसन्धान गर्छौ : एसपी भट्टराई

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, ५ कात्तिक । कैलालिवाट पक्राउ परेका नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरीलाई १० दिनको अनुमति दिएको छ ।

हिजो झन्डै दुई महिनासम्म फरार रहको श्रेष्ठलाई कैलालिको भजनिवाट लुकिछुपि अवस्थामा प्रहरीले पक्राउ गरेर दाङ ल्याएको थियो ।

पक्राउ परेको भोलिपल्ट मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला प्रशासनमा अनुसन्धानका लागि म्याद थप गर्न लगेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले प्रहरीले मागे वमोजिम श्रेष्ठमाथि अनुसन्धान गर्न म्याद थपिएको जानकारी दिए ।

प्रजिअ रिजालले स्थानिय प्रहरी प्रशासनकै आग्रह वमोजिम कैलालिवाट श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको पनि बताए । प्रहरीको तर्फवाट अनुसन्धान अधिकृत समय माग भए म्याद थप्न सकिने पनि उहाले जानकारी दिए ।

प्रजिअ रिजालले प्रहरीमाथि हातपातसहितको दुव्यर्वहार र रजिष्टारमाथिको हातपातको मुद्धा दोषी देखिए दश हजार जरीवाना वा एक वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको पनि बताए ।

हिजो श्रेष्ठलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल गर्ने प्रहरीले जानकारी दिएपनि पछि तुलसिपुर राप्ती प्रादेशिक अस्पताल पुर्याएर मेडिकल गरेको थियो ।
उनलाई राप्ती स्वास्थ्य जिबज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलमाथि अभद्र व्यवहार र प्रहरीमाथि हातपात गरेको आरोप छ ।

दाङ प्रहरीमा मुद्दा दर्ता भएपछि उनी फरार थिए । उनका नाममा प्रशसनले तीन महिने वारेन्ट जारी गरेको थियो । श्रेष्ठलाई कैलालीको भजनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको र दाङ ल्याएर उनिमाथि अनुसन्धान भइरहेको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराइले जानकारी दिए ।

भट्टराइले श्रेष्ठमाथि अनुसन्धान गर्न १० दिनको समय जिल्ला प्रशासनले दिएकाले श्रेष्ठलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने पनि बताए । प्रहरीले गलत गर्ने कसैलाई नछाड्ने भन्दै गलत गतिविधि गर्ने कानुनि दायरामा ल्याउन प्रहरी सक्षम रहेको बताए ।

श्रेष्ठमाथि डिउटीमा रहेका प्रहरीलाई समेत हुत्याएको प्रहरीले बताएको छ । आन्दोलनको नाममा रजिष्ट्रार र डिउटीको प्रहरी समेतमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोग लागेपछि श्रेष्ठ फरार रहँदै आएका थिए ।

सत्तारुढ दल नेकपाका नेता श्रेष्ठले भदौ ११ गते कार्यकक्षमै प्रवेश गरेर प्रतिष्ठानका रजिष्ट्रार श्रेष्ठमाथि हातपात र दुव्र्यवहार गरेको अभियोगमा प्रहरीमा मुद्दा दर्ता रहेको छ ।