३ कार्तिक २०८३, मंगलबार

भारतमा सम्पत्ति शुद्धिकरण र आतंकवाद लगानी निवारण तालिममा १८ नेपाली अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । भारतको बैंगलोरमा सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिमको दोस्रो चरणमा १८ नेपाली अधिकारीहरू सहभागी भएका छन् ।

सोमबारदेखि बैंगोलस्थित नेशनल एकेडेमी, कस्टम, इन्डाइरेक्ट ट्याक्स र नार्कोटिक्समा तालिम भइरहेको छ ।

पहिलो चरणको तालिम गत भदौमा भारतमा नै भएको थियो । नेपाल सरकारको अनुरोधमा भारतीय सरकारको खर्चमा ६० नेपाली अधिकारीलाई उक्त तालिमलाई विशेष कोर्ष भनिएको छ ।

नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको जनाइएको छ । भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत तालिम चलिरहेको छ ।

२० नेपाली अधिकारीहरुको पहिलो समूहले गत भदौमा ६ दिन यहि तालिम लिएका थिए ।

२१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसीर–पौष महिनादेखि प्रशिक्षण सुरु गर्नेछन् । वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा ल्ब्ऋक्ष्ल् भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो । यो एशिया ÷प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरु जस्तै युएनईवी, युएनओडीसी, सासेक आदिसँग मिलेर काम गर्दछ ।