११ मंसिर २०८३, शुक्रबार

उर्जामन्त्रीसँग अष्ट्रियन प्रतिनिधिमण्डलको भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ कात्तिक । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनसँग अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर नेतृत्वको प्रतिनिधीमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । उर्जा संयन्त्रको वैठकमा सहभागी हुन नेपाल आएको उक्त टोलीले मन्त्री पुनसंग सोमबार भेटवार्ता गरेको हो ।

भेटमा सल्लाहकार सोन्जा स्टीलरले नेपालको जलविद्युत क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएकी थिईन् ।

मन्त्री पुनले उर्जासंयन्त्रको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने अष्ट्रिया सरकारको निर्णयप्रति आभार व्यक्त गरेका थिए ।

उनले जलविद्युत क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अष्ट्रियासंग नेपालले उर्जा समझदारीमा हस्ताक्षर गरेको युरोपको पहिलो देश भएको जानकारी दिए ।

मन्त्री पुनले आगामी दिनमा दुवै देशबीच उर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्न संयन्त्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।