११ मंसिर २०८३, शुक्रबार

नेपाल विकासको नयाँ युगमा : प्रधानमन्त्री ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ कातिक, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । नागढुंगा सुरुङ मार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आज सो कुरा बताएका हुन् ।

सुरुङ मार्गको प्रयोग नेपालमा पहिलो भएकोले यस प्रकारको विकासले देशलाई नयाँ फड्कोबाट अघि बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“हामी यस्तै प्रकारका विकासका नयाँ अभ्यासहरु गर्दै देशलाई विकासको गतिमा अघि बढाउनेछौं” प्रधामन्त्री ओलीले भने “यस सुरुङ मार्ग निर्माणको सहयोगका लागि जापानी सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ओलीले यो सुरुङ मार्गको ४२ महिनामा निर्माण सम्पन्न भइसक्ने बताएका छन् । “विकासको यो नमुना हेर्न केही समय पखौं । बढीमा ४२ महिनामा काम सकिन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “निर्माण कम्पनीले समय मै काम सक्नेछ भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री ओलीले देशका अन्य ठाउँमा पनि सुरुङ मार्गको निर्माणका लागि सरकारले प्रक्रिया अघि बढाएको बताएका छन् । “सरकार अब योजनाबद्ध ढंगले विकासका आधुनिक नमुनाहरु प्रयोग गर्दै अघि बढ्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब कुरा काट्नेहरुले पनि काम काट्नेहरुले पनि काम काट्ने बानी बसाउनुपर्यो ।”

काठमाडौंको प्रवेशद्वार त्रिभूवन राजपथको बलम्बूबाट धादिङको सिस्नेखोलामा निस्क्ने सुरुङ मार्गको लम्बाइ २.६६ किलोमिटर छ । जापान सरकारको करिब १६ अर्ब र नेपल सरकारको ६ अर्ब रुपैंया गरी कुल २२ अर्ब रुपैंयामा निर्माण हुन लागेको हो ।