
काठमाडौँ, ४ कात्तिक । ललितपुरको कुपन्डोलमा प्रदेश ३ बिएए ३०६९ नम्बरको कार अनियन्त्रित हुँदा एनपिपी रेष्टुरेन्टभित्र पसेको छ ।
सोमबार दिउँसो सर्भिसिङ गराएर आएको मुनीराज उपाध्यायको गाडी अनियन्त्रित भइ रेष्टुरेन्टभित्र छिरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट दुई जना मोटरसाइकल चालक पनि घाइते भएका छन् ।
कार छिरेपछि एनपिपी रेष्टुरेन्टमा क्षति पुगेको छ । तर कति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया