११ मंसिर २०८३, शुक्रबार

रजिष्टारमाथि हातपात गर्नेे सत्तारुढ दलका नेता श्रेष्ठ कैलालीबाट पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तुलसीपुर, ४ कात्तिक । दाङमा अराजक गतिविधिसँगै राजनीतिको नाममा गुन्डागर्दी गर्दै आएका सत्तारुढ पार्टी नेकपाका नेता विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्टार रामप्रशाद प्याकुरेलमाथि कार्यकक्षमै प्रवेश गरेर वलजफ्तिरुपमा घोक्रेठ्याक लगाएर हातपात र दुव्र्यवहार गर्नुका साथै सोही समयमा डिउटीमा रहेका प्रहरीलाई बर्दिमा हुत्याउँदै हातपात तथा दुव्यर्वहार गरेको आरोपमा दाङ प्रहरीले पक्राउ गर्ने भएपछि झन्डै दुई महिनादेखि श्रेष्ठ फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता विनोद विक्रम शाहले श्रेष्ठलाई कैलालीबाट प्रहरीले समातेको बताए । श्रेष्ठले घटना घटाएर फरार भएपछि प्रहरीले उनको खोजीकार्य तीव्र पारेको थियो ।

पटक–पटक विवादमा आउने र सत्ताको राजिनितीको आडमा अरुमाथि दुव्र्यवहार गर्ने श्रेष्ठ कैलालिमा लुकिछिपि बस्दै आएको गोप्य सुचनाको आधारमा प्रहरीर प्रहरीले त्यहावाट समातेको हो ।

पक्राउ परेका श्रेष्ठलाई रजिष्टारमाथि हातपात र वर्दिमा रहेको प्रहरीलाई हुत्याउनुका साथै दुव्र्यवहार गरेको गम्भिर आरोप लागेको छ ।

तत्कालीन दाङका प्रहरी प्रमुख एसपी वेल पाण्डे आफैले नै सरुवा भई जानेवेलामा श्रेष्ठमाथि मुद्धा दर्ता गर्नुका साथै वर्दिमा रहेको प्रहरीलाई हुत्याउने र दुव्र्यहार गर्ने प्रहरी प्रतिवेदनलाई सोही मुद्धा दर्ता गर्न सफल भएका थिए ।

पाण्डेले मुद्धा दर्ता गरेपछि श्रेष्ठ भाग्दै आएका थिए । सामाजिक सञ्जाल फेसवुकमा श्रेष्ठले आफुलाई पावरमा देखाउने गरी केपि वलि, शंकर पोख्रेल र कृष्णबहादुर महराको फोटो हालेर प्रहरीलाई होच्याउने गरी अभिब्यक्ति पोष्ट गर्दै आएका थिए ।

प्रहरीले श्रेष्ठमाथि निगरानि गर्दैै आएको र कैलालिमा पक्राउ परेका उनलाई दाङ ल्याएर मुद्धा चलाइने डिएसपि शाहले बताए । यसअघि पनि दाङ प्रहरीले घटना घटे लगत्तै श्रेष्ठको खोजीकार्य तीव्र पारेको थियो ।

घटना घटाएर भागेका उनलाई दाङ प्रहरीकै आग्रहमा कैलालिको प्रहरीले समातेको प्रवक्तासमेत रहेका शाहले बताए । यसपुर्व ट्राफीक प्रहरीले हेटमेट खोज्दा पनि राजनितिको आडमा दुब्र्यवहार गरेपछि त्यो ज्यादति सहन नसकेर दाङको ट्राफीक प्रहरीले वर्दि छोडाएर राजीनामा दिनेसम्म भएको थियो ।

त्यतिमात्रै नभई श्रेष्ठले तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालमा क्वाटरभित्रै डाक्टरमाथि हातपात समेत गरेका थिए । श्रेष्ठले जिप्रका दाङभित्रै लेनदेनको मुद्धामा चेक च्यातिदिएका थिए ।

त्यो वेला घटना थाहा पाए लगत्तै तत्कालिन एसपि पाण्डेले कार्यकक्षवाटै पक्राउ गर्न निर्देशनसमेत दिएका थिए । घोराही १७ को वडा अध्यक्षमा उम्मेद्वार भएर चुनाव हारेका श्रेष्ठले चुनावकै वेला थारु युवाहरुमाथि हातपात समेत गरेका थिए ।

भदौको दोस्रो हप्तामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई श्रेष्ठले हातपातसहीत दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा मुद्धा दर्ता भएपछि उनको प्रहरीले खोजी गरेको थियो ।

प्रतिष्ठानले घटनामा संलग्न सबैको नामसहीत जिप्रकामा उजुरी दिएको थियो । हामीले खोजी कार्य जारी राखेका छौ । श्रेष्ठले घटना घटाएर भागेपछि तत्कालिन एसपि पाण्डेले भनेका थिए–‘कानुन हातमा लिन खोज्नेलाई कारबाही हुन्छ, छुट हुँदैन, कुनै पनि हालतमा पक्राउ गरेर कानुनी दायरामा ल्याउछौँ’ ।

नयाँ आएका दाङका प्रहरी प्रमुख एसपि जनक भट्टराइले पनि घटनामा संलग्न कसैलाई पनि नछाड्ने भन्दै श्रेष्ठलाई पक्राउ गर्न आफुले प्रहरीलाई निर्देशन दिदै आएका थिए ।

तत्कालिन एसपिकै पालामा बर्दिको प्रहरिलाइ हुत्यायर हातपात र दुर्ब्यबहार गरेकोमा बिबेक र नविन अभिलाषिमाथी मुद्धा दर्ता यसैबीच वर्दिको प्रहरिलाई हुत्यायर हातपातसहित दुर्ब्यबहार गरेको अभियोगमा दुइ जना विरुद्ध किटाणि जाहेरिसहित मुद्धा दर्ता समेत गरिएको छ ।

राप्ती स्वास्थ्य प्रतीष्ठान बचाउ समितीको नाममा तालाबन्दिको कार्यक्रममा डिउटिमा रहेको प्रहरिलाई हुत्यायर हातपातसहित दुव्र्यवहार गरेपछि प्रहरीले लिखितरुपमा प्रतिवेदन तयार गरेर घोराही भरतपुरका बिबेक श्रेष्ठ र लक्ष्मीपुरका नविन अभिलाषी(नेपाली) माथी मुद्धा दर्ता गरेको हो । उनीहरु विरुद्ध प्रहरिले प्रतिवेदनसहितको निष्कर्ष निकाल्दै मुद्धा दर्ता गरेको थियो ।

प्रहरीमाथि सार्वजनिक ठाउँमा डिउटीमै रहेको बेला हुत्यायर हातपात गरेपछि दाङ प्रहरिले आफै भिडियोमा देखिएका सबैलाई कारवाहीको माग गर्दै यो मुद्धा दायर गरेको हो ।

प्रहरी निरिक्षक राजन गौतमले प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुुरेल मााथी हातपातको घटना र यो मुद्धा सगै चल्ने बताए । उप्रतीष्ठानले हातपातमा भिडियोमा देखिने सबैलाइ कानुनि कारवाहीको लागि जिप्रका दाङमाा किटानीसहित जाहेरी दिएको छ ।