
-जगन दाहाल
गान्तोक, ३ कात्तिक । सिक्किमको लम्बित मागहरूलाई लिएर गठबन्धन गरिएको एसकेएम भाजपाको गठबन्धनले राज्यका मागहरूलाई चुनावी प्रचार अभियानको अन्तिम दिन पनि सम्बोधन गर्न सकेन ।
राज्यका राजनीतिक पार्टीहरूलाई टाइमपासको राजनीति गर्ने आरोप लगाउँदै भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीबी चौहानले राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई फेलियर राजनीतिज्ञ हुन् ।
उनलाई खारेज गर्छु भन्दै सिक्किम प्रदेश काङ्ग्रेसका अध्यक्ष भरत बस्नेतलाई टाइमपासको राजनीति गर्ने हुन् भनेका छन् ।
भारतमा भाजपाले भ्रष्टाचारमुक्त बनाउने कार्य गर्दै आएको बताए पनि गएको आम चुनावअघि सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)(पार्टीका नेताहरूलाई भ्रष्टचारीको आरोप लगाउँदै आएका अध्यक्ष चौहानले एसडीएफ कै १० जना विधायकलाई पार्टीमा आउँदा स्वागत जनाएको र भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय काटेर आएका राज्यका वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा रहेको एसकेएम पार्टीबीचको गठबन्धन विषयको गाँठो भने फुकाउन पनि सकेनन् ।
शनिबार राजधानी गान्तोकको एउटा होटेलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भाजपा राज्य अध्यक्ष डीबी चौहानले केन्द्रको कङ्ग्रेस पार्टीमाथि पनि निशाना साँधेका छन् ।
सिक्किम दार्जीलिङ विलयको विषय केन्द्रमा कङ्ग्रेस सरकार हुँदा आएको हो भन्दै उनले जम्मू काश्मीरको मुद्दामा पनि कङ्ग्रेस नै जिम्मेवार रहेको दावी गरेका छन् ।
उनले केन्द्रमा रहेको भाजपा सरकारको अहिले १३० वटा योजनाहरू लागु छन् भन्दै केन्द्रको भाजपा सरकार र राज्यमा एसकेएम सरकारले मिलेर सिक्किमको विकासको निम्ति काम गर्ने प्रतिबद्धता रहेको बताए ।
उनले एसकेएम अनि भाजपाले संयुक्तरुपमा चुनाउ लडेपनि घोषणापत्र जारी नगरेको कुरामा पुरानो आम चुनाउकै घोषणा पत्रमा घोषित मुद्दाहरूलाई लिएर नै उपचुनाव लडिने मन्तव्य राखे ।
एसकेएम भाजपाको चुनावी सम्झौतालाई नयाँ तरिकाको बुझाइले लिइएको र यस गठबन्धनमा भाजपाले सिक्किम र सिक्किमे जनतालाई धोका दिए आफू यसको विरुद्धमा उत्रिने पनि वचन दिए ।
उनले सिक्किमे जनतालाई यदि भाजपाबाट धोका भए आफूलगायत राजधानी गान्तोकका भाजपा प्रार्थी वाईटी लेप्चाले भाजपा त्यागेर भाजपा विरुद्ध आवाज उठाउने पनि बताए ।
यस अतिरिक्त चौहानले राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङ र हाम्रो सिक्किम पार्टी (एचएसपी)(पनि भारतीय जनता पार्टीसँग मिल्न पहिले नै दिल्ली गइसकेको आरोप लगाएका छन् ।
कुन सम्झौतामा भाजपा र उक्त दुई पार्टीको गठबन्धन असम्भव भयो त्यो कुरा प्रकाश नभएपनि एसकेएम र भाजपाबीचको गठबन्धनको तन्त्रलाई पनि उनले फुटाउन सकेनन् ।
उनले पूर्व मुख्यमन्त्री पवन चामलिङले उपचुनावमा पोकलोक कामराङमा फैलिएको अशान्ति र आफूमाथि धेरै आक्रमण भएको आरोप लगाएको कुरालाई अनदेखा गर्दै राज्यको उपचुनावको प्रचार प्रसार ९९ प्रतिशत शान्ति पूर्वक अनि प्रजातान्त्रिक ढङ्गमा सम्पन्न भएको बताए ।
उनले केन्द्रको भाजपा सरकार अनि राज्यको एसकेएम सरकार मिलेर सिक्किम र सिक्किमेको पूर्ण विकास गर्ने बताए । उनले केन्द्रको विषयमा रहेका मागहरूलाई पूरा गर्ने हो भनि पत्रकारहरूलाई उत्तर दिएका छन् ।















प्रतिक्रिया