११ मंसिर २०८३, शुक्रबार

सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख लिने व्यक्ति पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ३ कात्तिक । सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएको आरोपमा बझाङका दिल्लीराज पाध्याय पक्राउ परेका छन् ।

सेनामा जागिर लगाइदिन्छु भनेर थलरा गाउँपालिका वडा नम्बर ८ का पदम सार्कीबाट २ लाख रुपियाँ लिएको आरोपमा त्यहीँका ३७ वर्षीय दिल्लीराज पाध्यायलाई पक्राउ गरेको प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

उनका अनुसार सेनामा छनोटका लागि भएको अन्तरवार्ताको क्रममा पाध्यायले सार्कीबाट २ लाख रुपैयाँ लिएको खुलेको हो ।