११ मंसिर २०८३, शुक्रबार

कांग्रेसले उपसभामुख पनि नपाउने प्रचण्डको संकेत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिक्त रहेको सभामुख पद नेकपाबाटै हुने स्पष्ट पार्दै उपसभामुख पद नेपाली कांग्रेसले नपाउने संकेत गरेका छन् ।

यौन दुराचार र हिंसाको अभियोगमा सभामुख कृष्णबहादुर महरालाई फौजदारी मुद्दामा अनुसन्धान भइरहेका कारण उनको सांसद र सभामुख पद निलम्बित छ । महराले राजीनामा दिएपछि उक्त पदका विषयमा चर्चा चलेको थियो ।

मुख्य विपक्षी दल कांग्रेसले सभामुखमा नै दाबी गर्दै उपसभामुख भए पनि पाउनुपर्ने अडान कायम राखेको छ । संवैधानिक हिसाबमा सभामुख र उपसभामुख पद एकै दलले राख्न नपाउने व्यवस्था छ ।

तर प्रचण्डले बीबीसी नेपालीसँगको एउटा अन्तरवार्ताका क्रममा भनेका छन्,‘संविधानको व्यवस्थाअनुसार दुवै पद नेकपाको हुँदैन, उपयुक्त व्यक्ति सभामुखमा नेकपाले पठाउने छ । तर उपसभामुख पद अलग दलको हुने भए पनि कांग्रेसकै हुनुपर्छ भन्ने छैन ।’

यस सन्दर्भमा नेकपाले सत्ता साझेदार समाजवादी पार्टी अथवा विश्वासको मत फिर्ता लिएको प्रतिपक्षमा रहेको राजपालाई विश्वासमा लिएर उपसभामुख पद दिनसक्ने संकेत मिलेको हो ।