
काठमान्डौँ, १ कात्तिक । दाङको नारायणपुरमा रहेको तत्कालिन बेष्टर्न बैँक हाल देव विकास बैंकमा करिब १८ करोड हिनामिना काण्डमा बैँकको ऋण वोर्ड र सञ्चालक समिति सदस्यहरु पनि मुछिएका छन् ।
यति ठुलो रकम हिनामिना हुँदा सम्म नियन्त्रण गर्ने अधिकार प्राप्त सञ्चालक समिति सदस्यहरु र ऋण दिने ऋण सञ्चालन वोर्ड सदस्यहरुमाथि पक्राउ गर्न पुर्जी ल्याइसकिएकाले उनीहरुमाथि पनि अनुसन्धान भइरहेका हो ।
बैँकका सिइओ खिमबहादुर डिसीलाई पक्राउ पुर्जी नै जारी गरेको दाङ प्रहरीले बैँकको घोटाला काण्डमा संलग्न ऋण वोर्डका सदस्यहरु र सञ्चालक समिति विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेर अनुसन्धानका निमित्त पक्राउ गर्ने तयारी गरेपनि सिइओ फरार रहेका छन् भने बैँकका सञ्चालक समिति सदस्यहरु सम्पर्क विहिन भएर भागेका छन् ।
प्रहरीले सिइओसहीत बैँक सञ्चालक, बैँकले ऋण प्रदानका लागि गठन गरेको ऋण वोर्डको सदस्यहरुलाई अनुसन्धानका लागि पक्राउ गर्ने तयारी गरेपछि सबैको भागाभाग भएको छ । केही कर्मचारीलाई भने प्रहरीले बैँक कार्यालयवाट हिरासतमा लिएर अनुसन्धान गरेको छ ।
प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेर शुक्रबार नै सरकारी वकिल कार्यालयमा पठाएको छ । आइतबार उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशमा उक्त मुद्धा दर्ता हुने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरी दोब्बर बिगो दावी गरेर मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ । सुरुमा व्राञ्च म्यानेजर पक्राउ गरेको प्रहरीले अहिले बैँकका कर्मचारी, म्यानेजरले हालिदिएको पैसा चेक मार्फत निकाल्ने सबै विरुद्ध मुद्धा दायर गर्ने छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बैँकका सिइओ, उच्च तहका कर्मचारी, अडिटर, सञ्चालक समिति सदस्यहरु र ऋण वोर्ड सदस्यहरुको मिलेमतोमा नै यो घटना भएको बताए ।
‘बैँकका उच्च तहका नमिलेर यो कामै हुन सक्दैन, व्राञ्च म्यानेजरले सबै पैसा ऋणमा लगाएको र ब्याज तिर्दा तिर्दा सबै पैसा सकिएको बताइसकेको छ ।
ऋण दिएको बताएपछि बैँकले पाउने नाफा पनि सबैले बाँडेर खाएका छन् । अझ यसमा बैँकको सबै नियन्त्रण गर्ने अधिकार प्राप्त बैँक सञ्चालक समिति र ऋण दिनका निमित्त बैकको ऋण वोर्ड सदस्यहरुको मिलेमतो नभएर हिनामिना नै हुँदैन नि ?
यो घटनामा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने बैँक हिनामिनामा संलग्न दोषी देखीने सबैलाई अनुसन्धानमा प्रहरीले ल्याएको छ ।’ १५ महीना अगाडिदेखी व्राञ्च म्यानेजर बुढाथोकीले सञ्चालक समिति र ऋण वोर्डले थाहा पाउदा पाँउदै पनि रोक्न नसकेको पाईएको छ ।
वेष्टर्न बैँक र देव विकास बैँक मर्ज हुनेक्रममा यति ठुलो रकम आपसमा हिनामिना काण्डमा संलग्न हुनेहरु सबैले आन्तरीकरुपमा तिर्ने प्रतिवद्धता जनाएपनि त्यो पछि कार्यान्वयनमा आउन सकेन् ।
वेष्टर्न बैँक रहदै गर्दा र मर्ज हुनेक्रम चलिरहदा एक वर्ष अगाडि यो हिनामिना काण्ड भित्रभित्रै पैसा तिरेर लुकाउने र वाहीर नल्याउने तयारी थियो ।
बैँक मर्ज भएपछि वर्ष दिनसम्म हिसाव नमिलेपछि देव विकास बैँकले हिनामिना काण्डमा व्राञ्च म्यानेजर बुढाथोकि विरुद्ध किटाणि जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा दिएको हो ।
हिनामिना काण्डपछि लामो समय फरार रहेका व्राञ्च म्यानेजर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि जनक भट्टराइले बैँक हिनामिना काण्डमा सबै मिलाएर ६० जना भन्दा बढि विरुद्ध मुद्धा चल्ने जानकारी दिए ।
भट्टराईले केही पक्राउ परेपनि धेरैजसो फरार रहेको बताए । मुद्धा पर्ने ६० जना भित्र बैँकका सिइओ, सञ्चालक समिति सदस्यहरु, बैँकका उच्च तहका कर्मचारी र व्राञ्च म्यानेजरसंग चेक मार्फत कारोवार गर्नेहरु रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यसको विस्तृत विवरण नखुलाएपनि आइतवार अदालतमा मुद्धा दर्ता गर्यो भने धेरै कुरा खुल्दै जानेछ । जिल्ला सरकारी वकिल कार्यालयका एक कर्मचारीले पनि बैँकको घोटाला काण्डमा प्रहरीको अनुसन्धान अध्ययन गरीरहेको र त्यसमा अझ थप गरेर अनुसन्धान पनि हुने पनि बताए ।
उनले बैँकका उच्च तहका कर्मचारी र सञ्चालक समिति सदस्यहरु नमिलेर एक्लै व्राञ्च म्यानेजरले यति ठुलो बैँक रकम घोटाला गर्न नसक्ने भन्दै यसमा सबैभन्दा बढि दोष सञ्चालक समिति सदस्यहरु र ऋण वोर्ड सदस्यहरुलाई जाने पनि बताए ।
अहिले फरार रहेका सञ्चालक समिति सदस्यहरु, ऋण वोर्ड सदस्यहरु, वैँकका अन्य कर्मचारीहरु र चेक मार्फत कारोवार गर्नेहरु सबै मुद्धा दर्तापछि अदालत हाजिर हुनेछन् ।
बैँकको पैसाले जग्गामा लगानि भएको हुन सक्ने र त्यो जग्गा अहिले नविक्दा यति ठुलो रकम हिनामिना भएको कुरा वाहीर आएको प्रहरीको उच्च स्रोतले बतायो ।
तत्कालीन दाङका प्रहरी प्रमुख एसपि वेल पाण्डेले बैँक हिनामिना काण्डमा प्रभावकारी अनुसन्धान गर्ने गरी प्रकृया अघि बढाएका थिए । दाङमा बैँक ठगि काण्ड र उप निर्वाचनलाई लक्षित गरेर सत्तारुढ पार्टि नेकपाले पाण्डको सरुवा गरेको चर्चा छ ।
तत्कालीन बेष्टर्न बैँकको सञ्चालक समितिले गठन गरेका ऋण वोर्डमा बैँकका सिइओ खिमबहादुर डिसि, बैँक सञ्चालक समिति अध्यक्ष ओम भक्त बुढाथोकि, बैँकका ऋण अधिकृत, सञ्चालक समिति सदस्यहरु मध्येवाट खड्ग बुढाथोकि, रमेश केसि, लगायतका रहेका थिए ।
सञ्चालक समिति सदस्यमा अर्जुन बुाढथोकी लगायतका रहेका छन् । यसअघि पनि बैँक अफ काठमान्डौको तुलसिपुरमा करोडौ रुपैयाँ लुटपाट भएको थियो भने अहिले तत्कालिन बेष्टर्न बैँक म्यानेजर समिर बुढाथोकीले घोराही १० स्थित नारायणपुरमा रहेका व्राञ्च शाखावाट १८ करोड घोटाला गरेको देशभरीकै पहिलो घटना हो ।
बैँक हिनामिनाको आरोपमा बैँँकका सिइओ खिमबहादुर डिसि विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजीरहेको प्रहरीले जनाएपछि उनि लगायत सबै फरार छन् ।
दाङका प्रहरी प्रमुख एसपी भट्टराइले बैँकको हिनामिना प्रकरणमा संलग्न बैँकका सिइओसहित सञ्चालकहरु सबै दोषी देखिने कसैलाई पनी प्रहरीले नछोडेको बताए । दसैँको समयमा टिका लगाउन घर आएको मौँका छोपेर सिइओ डाँगीलाई पक्राउ गर्न प्रहरी हापुरस्थित घरै पुगेको थियो ।
अनुसन्धानको क्रममा बैँकका सिइओ र सन्चालक समितिको बैँक खाता रोक्का गरिएको छ । सिआइवि, राष्ट्र बैँक र जिल्ला प्रहरी कार्यालय दाङ मिलेर यो घटनाको अनुसन्धान गरीरहेका छन् ।
यसअगाडि बैंकका म्यानेजर समिर बुढाथोकीसहित चेकमार्फत कारोवार गर्ने विभिन्न ब्यक्तिहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।
तत्कालीन बैष्टर्न बैँक हालको देव विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैँया अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो ।
घोराही उपमहानगर १० मा रहेको शाखाबाट कर्जा स्वीकृती नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ । वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देव विकास बैंकसँग गाभिएको थियो ।
बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए । विगत डेढ वर्षदेखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् । बुढाथोकीले ३५ जना नक्कली ऋणि खडा गरी आफुलाई फाइदा हुने गरी र बैकलाई नोक्सान हुने गरि पैसा हिनामिना गरेका छन् ।
दाङ प्रहरीले बैंकिङ्ग कसुर तथा सजाय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।











प्रतिक्रिया