११ मंसिर २०८३, शुक्रबार

ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बेझाड, १ कात्तिक । पाल्पाको तानसेन नगरपालिका–४ मा घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

नयाँ घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर बगनासकाली गाउँपालिका–१ घोरबन्दा बस्ने अन्दाजी ४५ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ढिस्कोले पुरिएर घाइते भएका कुमालको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो । –रासस