
धनुषा, ३० असोज । सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले प्रदर्शन गरेको छ । विरोधको क्रममा गृहमन्त्री रामबहादुर थापा बादल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईैका पुत्ला दहन गरिएको छ ।
जनकपुर विमानस्थलमा तोडफोड गरेका सांसद साह केहीदिन अघि पक्राउ परेका थिए । साहको रिहाईको माग गर्दै मन्त्रीहरुको पुत्ला दहन गरिएको हो ।
त्यस्तै, राजपाले सप्तरीको राजविराजमा पनि गृहमन्त्री थापाको पुत्ला दहन गरेको छ । यता, वीरगञ्जमा पनि राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी संगठनले पनि सांसद साहको रिहाईको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेको छ ।
सो पार्टीको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ पर्साले ठाकुरराम बहुमुखी क्याम्पस अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो ।











प्रतिक्रिया