११ मंसिर २०८३, शुक्रबार

ध्वाँसे चितुवाको छाला र सालकको खपेटासहित एकजना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० असोज । कोटेश्वर भाटभटेनी अगाडी संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला र दुर्लभ वन्यजन्तु सालकको खपेटासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा अपराध महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानमा खोजतलास तथा खानतलासी गर्दा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा नं.१३ घर भएका २१ वर्षीय रोशन राना मगरलाई पक्राउ गरेको हो ।

बिक्री वितरण गर्ने उद्देश्यले आफ्नो बोकी हिंडेको अवस्थामा संरक्षित ध्वाँसे चितुवाको छाला १ थान र दुर्लभ वन्यजन्तु सालकको खपेटा २.४ के.जी. समेत पक्राउ गरि मगरलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।