
-बिजय चालिसे
नवलपुर, ३० असोज । प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिताको उपाधि आयोजक चोरमारा युबा क्लब पुर्वी नवलपरासीले कब्जा गरेको छ । आज भएको फाईनलमा नवलपरासी ११ पश्चिम नवलपरासीलाई ३/२ गोल अन्तरले पराजित गर्दै आयोजक चोरमाराले उपाधी रक्षा गरेको हो ।
पहिलो हाफको छैठाैँ सुरज गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको १५ औ मिनेटमा चोरमाराका बिमल पाण्डेले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २ शुन्यको अग्रता उल्ट्याउँदै नवलपरासी ११ ले दुई गोल फर्कायो । दोस्रो हाफको ३० मिनेटमा जीवन गुरुङ र ३१ औं मिनेटमा सुर्य थापाले गोल गर्दै खेल बराबरिमा पुर्याएपनी टिमले हार टार्न सकेन ।
दोस्रो हाफको ३८ औ मिनेटमा भरत खवासले गोल गर्दै आयोजक चोरमाराले ३/२ को जित हात पारेको हो । जितसङ्गै आयोजक चोरमाराले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ हात पारेको छ । उपविजेता बनेको नवलपरासी ११ ले १ लाख ११ हजार १ सय ११ मा चित्त बुझाएको छ ।

त्यसैगरि सेमि फाइनलबाट बाहिरीएका सेन्ट्रल कलेज भरतपुर र फुलबारी गाईज बुटवलले १५/१५ हजार प्राप्त गरेका छन भने बेष्ट प्लेयर बनेका आयोजक चोरमाराका गोल रक्षकले १० हजार र सर्वा्धिक गोलकर्ता नवलपरासी ११ का नवीन महत्तोले ७ हजार नगद पुरस्कार प्राप्त गरेको आर्थीक संयोजक भिम हमालले बताउनुभयो ।
महत्तोले प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच चोरमाराबाट खेलेका भरत खवास भएका छन । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो प्रतियोगिताको आधिकारीक मिडीया सामुदायिक रेडीयो दर्पण एफ एम ९९.२ मेगाहर्ज रहेको थियो ।















प्रतिक्रिया