११ मंसिर २०८३, शुक्रबार

बैठकस्थलबाट विप्लवका दाईसहित २१ ठूला नेताहरू पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असाेज । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २१ नेतालाई बैठक स्थलबाटै पक्राउ गरेको छ ।

दाङ जिल्लाको गढवा गाउँपालिकास्थित एक घरमा बैठक बसिरहेका वेला प्रदेश र जिल्ला प्रहरीको टोलीले छापा हानेर उनीहरूलाई पक्राउ गरेको हो ।

५ नं. प्रदेश प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले नेताहरूलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्डर चन्द्रबहादुर चन्द रहेका छन् ।उनी पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु हुन् ।