३० आश्विन २०८३, शुक्रबार

सिक्किमे नेपाली समुदायलाई टेक्ने न समाउने बनाउनेलाई ठेगान लगाउनुछ : एनबी खतिवडा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-जगन दाहाल

गान्तोक, २९ असोज । भारतीय जनता पार्टीका सदस्य तथा २०१४ का भाजपा लोकसभा सांसद उम्मेद्वार नरबहादुर खतिवडाले नेटिभ हिल्स ट्राइभ भएका नेपाली समुदायका सिक्किमेहरूलाई टेक्नु न समाउनु बनाउनेहरूलाई ठेगान लगाउनु छ, भनेका छन् ।

नाम्ग्याल वंशले सिक्किममा ३ सय ३२ वर्ष मिस रुल गरेको थियो र सिक्किमको तत्कालीन रुलिङ फेमेलीबाहेक हजारौं वर्षदेखि सिक्किममा बसेकालाई इमिग्राण्ट बनाएको कुरालाई संशोधन गर्नुछ ।

 भारतमा जस्तो प्रजातन्त्र छ त्यो सिक्किमले पाएको छैन त्यो गर्नुछ । यी सबै कामको निम्ति भारतीय जनता पार्टीको तथास्तु चाहिएको छ । उनले थपे ।

सिक्किममा सिक्किम भारत विलयको विरोधमा अझ राजनीति हुँदैछ । सिक्किमको सुरक्षा कवच घठज्ञएफ हटाउँछ भन्ने हल्लाको विरोध गर्दै उनले भने ३७१ एफ कहिल्यै पनि उड्दैन ।

जम्मू काश्मीरको ३७१ र सिक्किमले पाएको ३७१ एफमा आकाश पातालको फरक छ भन्दै ३७० उडाउनको मुख्य कारण भारत विरोधी गतिविधिले गर्दा हो भने ।

भारतीय जनता पार्टी (भाजपा) भाजपा र एसकेएम सरकारको गठबन्धनको पक्षमा अघि खतिवडाले तीनवटा निर्वाचन क्षेत्रमा हुने उपचुनावमा उक्त दुई राजनीतिक दलको पक्षमा आफू रहेको बताएका छन् ।

भाजपा र एसकेएमको गठबन्धनले सिक्किमको विकास अनि थाँतिमा रहेका राजनीतिक मागहरूसँगै अन्य संवैधानिक र सिक्किमको आधिकारिक मुद्दाहरूको संसोधन हुनसक्ने छ भनेका छन्।

सिक्किमका लम्बित मागहरूमा पूर्वमा रहेको भण्डारी र चामलिङ सरकारले केही गर्न सकेनन् भन्दै भाजपाको सरकारले सिक्किमका मागहरूलाई पूरा गर्न सक्ने ठोकुवा दिएका छन् ।

उनले एसडीएफ पार्टीबाट भाजपामा गएका १० जना विधायकहरू सिक्किमको हितमा गएका हुन् पनि भने । खतिवडाले आफ्नो एकल पत्रकार सम्मेलनको कुरामा स्पष्टिकरण दिँदै भनेका छन् ।

भारतीय जनता पार्टीको सिद्धान्तलाई ध्यान दिएर काम गरेको छु । त्यसको निम्ति पत्रकार अघि बोल्न कसैको अनुमति नचाहिएको आफूलाई लागेको पनि बताएका छन् ।

भाजपा एसकेएम गठबन्धनमा एसकेएम सरकारमाथि भाजपाले कुनै ताकत नलगाइ एसकेएम पार्टीले नै सिक्किमका समस्याहरूको समाधानको निम्ति दुईवटा सीट अफर गरेको पनि बताए ।

उनले सिक्किममा भाजपाको प्रवेसमा पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङ वाधा बनेको पनि प्रष्ट बताए। गठबन्धनलाई एसकेएम नेता गोलेको मेच्योरिटीको संज्ञा दिँदै उनले अब जनताले मेच्योरिटी देखाउने समय आएको छ भने ।

सिक्किम दार्जीलिङ एकिकरणको मुद्दामा उनले भने, सिक्किम दार्जीलिङ विलय भनेको मर्जरको भावना बोक्ने नेताहरूको कुरा हो । कहिले काहीं यस्तो कुराहरू आउँछ तर भाजपाको यस्तो कुनै ठूलो इच्छा भने छैन । उनले गोर्खाल्याण्डको पक्षमा जनमत हुनसक्छ तर सिक्किम दार्जीलिङ विलयको पक्षमा भने कहिल्यै जनमत हुन नसक्ने पनि बताए ।