१ कार्तिक २०८३, आइतबार

किम जोङ–उन घोड चढेर हिमाल आरोहणमा निस्किए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ असाेज । उत्तर कोरियाका नेता किम जोङ–उनले घोडसवारी गरेर देशको सर्वोच्च शिखरको आरोहण गरेको त्यहाँको सरकारी सञ्चार माध्यमले बताएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किमले हिउँले ढाकिएको पर्वत क्षेत्रमा सेतो घोडामा सवार गर्दै गरेको तस्बिरहरु जारी गरेको छ ।

किमले माउन्ट पाक्तुमा घोडसवारी गरेका हुन् । किमले २७ सय ५० मिटर अग्लो माउन्ट पाक्तु पुगेको यो पहिलो पटक भने होइन । उनी सन् २०१७ मा पनि किम माउन्ट पाक्तु गएका थिए ।

उत्तर कोरियाको परिचयमा माउन्ट पाक्तुको विशेष महत्व छ । माउन्ट पाक्तुलाई उत्तर कोरियाका पूर्व नेता तथा किम जोङ–उनका पिता किम जोङ–इलको जन्मस्थलका रुपमा मान्ने गरिन्छ ।

केसिएनएले बुधबार राति गरेको रिपोर्टमा भनिएको छ, ‘माउन्ट पाक्तुमा किम जोङ–उनले गरेको घोडसवारीको प्रभाव महत्वपूर्ण रहने छ कोरियाली क्रान्तिको इतिहासमा ।’

सन् २०१७ मा माउन्ट पाक्तु गएको केही हप्तापछि नयाँ वर्षको अवसरमा किमले महत्वपूर्ण सम्बोधन गरेका थिए । अहिले पनि किमले महत्वपूर्ण निर्णय या घोषणाको तयारीका लागि माउन्त पाक्तुमा घोडसवारी गरेको अनुमान लगाइएको छ ।