३ कार्तिक २०८३, मंगलबार

विश्व विजेता फ्रान्सलाई टर्कीले स्तब्ध बनाइदियाे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २८ असाेज । विश्व विजेता फ्रान्स युरोकप फुटबल २०२० को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा बराबरीमा रोकिएको छ ।

समूह एच अन्तर्गत घरेलु मैदानमा भएको खेलमा फ्रान्स टर्कीसँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ७६ औँ मिनेटमा ओलिभर जिरउडको गोलमा फ्रान्सले अग्रता लियो । तर टर्कीका लागि ८१ औँ मिनेटमा यीहानले बराबरी गोल गरेका हुन् ।

बराबरीले फ्रान्स युरोकपमा छनौट हुन अबका खेलमा पर्खिनु पर्ने भएको छ । ८ खेलबाट १९ अंकसहित टर्की समूहको पहिलो तथा समान १९ अंकसहित फ्रान्स दोस्रो स्थानमा छ ।

सोही समूहको अर्को खेलमा आइसल्याण्डले एन्डोरालाई २–० ले पराजित गरेको हो । तेस्रो स्थानमा रहेको आइसल्याण्डको १५ अंक छ । अर्को खेलमा अल्बानियाले माल्डोभालाई ४–० ले पराजित गरेको छ ।