न्युयाेर्क । अमेरिकामा भएको सडक दुर्घटनामा नेपाली महिलाको ज्यान गएको छ ।
अमेरिकास्थित ओहायोको चौबाटोमा तीन वटा गाडी एक आपसमा ठोक्किँदा नेपाली मूलका दुई नागरिकको मृत्यु भएको हो ।
गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीनवटा गाडी एक आपसमा ठ क्कर खाएका हुन् ।
दुर्घ टनामा परी नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको जनाइएको छ ।
घटनामा एक नेपाली मूलकी अर्की महिला सहित चार जना घाइते भएका छन् । २२ वर्षीया सृजना विश्वकर्मा गम्भीर रहेको स्थानीय प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् जानकारी दिएको छ ।
स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठोक्किएको हो । जसमा अञ्जु विश्वकर्मा, कुमारी विश्वकर्मा र सृजना सवार थिए । पछि स्टिलवेको गाडीफेरि टोयोटा टाकोमा नामक खाली गाडीमा ठोक्किएको थियो ।
त्यहाँका स्थानीय फिलेमोन गोपालले आफ्नो फेसबुकमा सेयर गर्दै कुमारी र अञ्जु आमाछोरी दु र्घटना परी मृत्यु भएको भन्दै समवेदना प्रकट गरेका छन् ।















प्रतिक्रिया