१ कार्तिक २०८३, आइतबार

भारतमा १० जनाको मृत्यु, दुई तले घर भत्कियाे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २७ असाेज । भारतको उत्तर प्रदेशमा ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु भएको छ भने दुईतले घर भत्किँदा एक दर्जन भन्दा धेरै मानिसहरु पुरिएका छन् । १५ जना भन्दा धेरै घाइते भएका छन् ।

मोहम्दाबादको बलिदपुर गाउँमा यो विष्फोट भएको हो । प्राप्त जानकारीका अनुसार एक घरमा रसोई ग्यासको सिलिण्डर विष्फोट भयो जसकारण दुईतले भवन भत्कियो ।

अचानक भएको यो घटनामा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ । भवन भत्किँदा च्यापिएका मानिसहरुलाई निकाल्ने प्रयास भइरहेको छ । ठूलो संख्यामा प्रहरी खटिएका छन् ।

विष्फोट कसरी भयो त्यसको जानकारी प्राप्त भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।