३० आश्विन २०८३, शुक्रबार

धार्मिक विभाजन पनि विश्वमा अशान्तिको कारण बनिरहेको छः गड एञ्जल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

जोरथाङ । सिक्किममा प्रेमवादको प्रचार साथै ब्लेसिङ (वाङ) वितरण गर्न आइपुगेका हेवेन्ली निर्माण पाथका संस्थापक तथा प्रेमवादका प्रवर्तक बाल तपस्वी सद्गुरु ओमनन्द (भक्तकुरमार राई) ले सिक्किमको सुःख शान्ति अनि खुशियालीको निम्ति आशीर्वाद दिएका छन् ।

११ अक्टोबरको दिन सिक्किम प्रवेश गरेका ओमनन्दले आगमनको साँझ दक्षिण सिक्किमको नाम्ची नन्दुगाउँस्थित निर्माणिक आश्रममा भक्तजनलाई दसर्शन अनि आशीर्वाद दिएका
थिए । उनले शनिबार जोरथाङ खेल मैदानमा आयजित कार्यक्रममा भाग लिएका थिए ।

वाङ वितरण कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) मुख्य अतिथि थिए । हेवेन्ली निर्माण पाथ अर्गनाइजेशन भारत सिक्किमद्वारा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री गोलेलाई आयोजक समितिले अभिनन्दन पनि गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मास्टर गड एञ्जलले जसरी मानव चोला एक दिन मेटिएर जानेछ । त्यसरी नै प्राकृतिकशक्तिलाई लिएर अडिएका सूर्य र धर्ती पनि ध्वस्त भएर मेटिने उनले बताए ।

विश्वमा प्रेमको कमी भएको कारण मानिसहरूले दुःख र आँशु झेल्नु परेको बताउँदै मानिसले आँशु होइऩ हाँसोको कारण बन्नुपर्छ पनि भने । विश्व विभिन्न धर्ममा विभाजित भएको छ, धार्मिक विभाजन पनि विश्वमा अशान्तिको कारण बनिरहेको उल्लेख गर्दै गड एञ्जलले मानिसले विश्वशान्तिको निम्ति सर्व धर्मको कुरा गर्नुपर्ने बताए ।