२९ आश्विन २०८३, बिहिबार

यस्ता छन् बेसार र दुधकाे फाइदा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ ।

यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ। यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन् ।

१. दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।

२. बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ ।

३. दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ ।

४. बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ। यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ ।

५. दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ।

६. अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ।

७. आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।

८. दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ।

९. छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ।

१०. दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन्। पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ।

११. महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ। साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ। सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ ।

१२. चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।

दुधमा के पाइन्छ ?

दुधलाई यत्तिकै पनि पिउन सकिन्छ भने बेसार वा अन्य चिजहरु हालेर पनि पिउन सकिन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ ।

माछामासु नखाने व्यक्तिहरुका लागि दुध प्रोटिनको मुख्य स्रोत हो । दुधलाई यसकारण पनि पूर्ण भोजन मानिन्छ कि यसमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ ।

कसरी पिउने ?

दुधमा उपलब्ध यति धेरै पोषक र पाचक गुणका कारणले यसलाई आयुर्वेदमा एउटा छुट्टै स्थान दिइएको छ । तर, आयूर्वेदनका अनुसार दूधबाट स्वास्थ्य लाभ लिनका लागि सबैभन्दा पहिले यो थाहा पाउनुपर्छ कि यसलाई कतिबेला र कसरी पिउने हो ?

१. रातमा दूध पिउँदाका फाइदा

दूध पिउने सबैभन्दा उपयुक्त समय राति सुत्नुअघि नै हो । आयुर्वेदका अुनसार दूधमा सेडेटिभ गुण पनि हुन्छ जसको कारणले रातमा यसलाई पिउँदा यसमा हुने सेरोटोनिनले अतपाईंलाई शान्त बनाउँछ र राति मिठो निद्रा पर्छ ।

यसका अलावा दूधमा क्याल्सियमको अत्यधिक मात्रा हुने कारणले यसलाई राति पिउँदा सजिलै शरीरमा अवशोषित हुन्छ ।

२. राती पचाउन नसके बिहान

पुराना मान्यताहरुको कुरा गर्दा दूध बिहान पिउनुपर्छ ताकि यो सजिलै पच्न सकोस । आजकालको जीवनमा जो मानिसहरु एक्सरसाइज गरेपछि बिहान दूधको सेवन गर्छन्, उनीहरुलाई एसिडीटी हुन सक्छ । त्यसैले दूध वा चियाँसँग बिस्कुट-पाउरोटी खान सल्लाह दिइन्छ ।

३. मसल्स बनाउनलाई राति पिउने

आफ्नो मांशपेशी बलियो बनाउन चाहने व्यक्तिहरुले रातमा दूध पिउँदा यसमा हुने प्रोटीनले उनीहरुलाई अत्यधिक फाइदा गर्छ । पोषणविदहरुको भनाईमा राति सुत्नुअघि कुनै पनि कुरा खानाले शरीरमा उर्जाको सञ्चार पनि हुन्छ ।

४. साँझ परेपछि पिउने

साँझ परेपछि कुनै पनि बेला दूध पिउनु स्वास्थ्यका दृष्टिले सुरक्षित मानिन्छ ।