३० आश्विन २०८३, शुक्रबार

बेलायतमा नयाँ शक्ति र संघीय समाजवादीबीच समायोजनमा सहमति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २१ असोज । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता भएसँगै प्रवासमा रहेका भ्रातृसंगठनहरूबीच एकता पहल अघि बढेको छ ।

बेलायतमा क्रियाशील नेपाली संघीय समाज यूके र नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको समायोजन यही अक्टोबर २६ मा हुने भएको छ ।

बेलायतको अल्डरसटमा अक्टोबर ५ तारिखमा बसेको समायोजन समितिको बैठकले समायोजनको टुंगो लगाएको हो । समायोजनपछि संगठनको नाम नेपाली समाज युनाइटेड किङडम रहने सहमति भएको छ ।

अधिवेशन सम्पन्न नभएसम्म दुवै संगठनको विद्यमान कार्यसमिति कायम रहनेछ । संघीय समाज यू्केका अध्यक्ष बालकृष्ण राई र अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ छन् ।

पार्टी एकताका निम्ति नयाँ शक्तिका तर्फबाट संयोजक प्रमुख सुमित्रा लाबुङ राई छिन् । संयोजक सचिव कृष्ण गैरे तथा सदस्यहरू शकुन्तला गुरुङ, थमबहादुर विश्वकर्मा र डा. दिलीपकुमार यादव छन् । संघीय समाजवादीका तर्फबाट संयोजकमा रत्न थापा मगर छन् । संयोजक सचिव विमला राई तथा सदस्यहरू राजकुमार राई, मिनु राई र बल्लभ गुरुङ छन् ।

एकता अघिसम्म संघीय समाजवादीबाट अध्यक्ष राई, केन्द्रीय सल्लाहकार लक्ष्मण तुलाचन, केन्द्रीय सदस्य तथा यूके इन्चार्ज भगवान चाम्लिङ राई, केन्द्रीय सदस्य टेकबहादुर थापा, केन्द्रीय पार्षद जंग सुनुवार, राजनीतिक समिति सदस्य यूके दशरथ राई र पार्टी प्रवक्ता होम सुनुवार छन् ।

त्यस्तै, नयाँ शक्तिबाट अध्यक्ष गुरुङ, केन्द्रीय सदस्य तथा प्रवास संयोजक धनबहादुर गुरुङ, केन्द्रीय विज्ञ परिषद सदस्यद्वय डा. रेशम थापा र भोला खनाल छन् । नेपालमा नयाँ शक्ति र संघीय फोरमबीच एकता भई समाजवादी पार्टी गठन भइसकेको छ ।