
काठमाडौँ, १९ असोज । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरी बालुवाटारस्थित सभामुखको निवासमा पुगेको छ ।
डेरा नपाएपछि महराल बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएका छन् । उनी सभामुख निवासभित्रै रहेको बुझिएको छ । महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आजै अनुमति दिएको थियो ।
सभामुख निवास बाहिर निवास बाहिर प्रहरीको गाडी तैनाथ छ । सादा पोशाकका प्रहरी सभामुख निवासभित्रै प्रवेश गरेका छन् ।















प्रतिक्रिया