सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

महरालाई पक्राउ गर्न प्रहरीले उपसभामुखलाई जानकारी दियो

दैनिक नेपाल २०७६ असोज १९ गते १६:५९

काठमाडौँ, १९ असोज । जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न  प्रहरीले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको छ ।

महराले सभामुख पदबाट राजीनामा दिएपनि सांसद पदबाट भने राजीनामा दिएका छैनन् । प्रतिनिधि सभा सदस्य भएका कारण पक्राउ गर्नुपूर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ अनुसार प्रहरीले उपसभामुख डा.  तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको हो  ।

उपसभामुखलाई जानकारी दिएसँगै प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार उनलाई आजै प्रकाउ गरिनेछ । फौजदारी कसुरमा अदालतको पक्राउ आदेससँगै महरा अब प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख महरालाई पक्राउ गर्न आज पक्राउ पुर्जी जारी गरेको छ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

महरालाई संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेको छ । आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिइसकेका छन् ।

महराविरुद्ध  शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित