३० आश्विन २०८३, शुक्रबार

विश्व शान्तिका लागि जापानमा महायज्ञ, नेपालबाट बोलाइए पण्डित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापान, १९ असोज । विश्वमा शान्ति फैलियोस् भन्ने कामना गर्दै जापानमा महायज्ञ गरिएको छ ।

जापानको कोची शहरको वाकामाचु भन्ने ठाउँमा अवस्थित मोञ्जु साई मन्दिर श्रीमद्भागवत् महापुराण विश्वशान्ति, विश्वकल्याण महायज्ञ भइरहेको हो ।

जापानी नागरिक मोञ्जु सत्यले विश्वमा शान्ति फैलियोस् , अशान्तिका बादलहरु हटुन् , कोई दुखी नबनोस् भनेर यज्ञको आयोजना नेपालबाट ब्राह्मणहरु बोलाएर गरेका हुन् ।

जस्तो सोच त्यस्तै जीवन बन्ने हुनाले मन्त्रले मान्छेलाई सकारात्मक बनाउने र सकारात्मक बनेमा मात्र विश्वको कल्याण हुने हुनाले यज्ञको आयोजना गरेको उनले बताएका छन् ।

उनको यज्ञमा कुनै पनि प्रकारको व्यक्तिगत प्रार्थना गर्ने होइन विश्वकल्याण होस् र विश्वमा शान्ति होस् भन्ने सोच भएका मान्छे मात्र सहभागी हुने नियम बनाएका छन् ।

महायज्ञमा नेपालबाट नेपाल टेलिभिजनका धार्मिक कार्यक्रमका प्रस्तोता चन्द्रकान्त पौडेल, धर्मसंस्कृतिविद् गोविन्द प्रसाद पौड्याल, वास्तुविद् शिव पोखरेल, पण्डित हरिकृष्ण प्याकुरेल, पण्डित भीम निरौला, पण्डित रामेश्वर तिमिल्सिना, पण्डित हरिहर वाग्ले, व्यवस्थापक सुरज राउत रहेको कार्यक्रमका संयोजक नवीन डंगोलले बताए ।

संस्कृत पढ्ने, वेदको मन्त्रको अर्थ जान्ने भए विदेशमा ससम्मान काम गर्न पाइदो रहेछ,  नेपालीले संस्कृत वेद पुराण अध्ययन गर्ने हो भने विदेशमा नेपालीहरु श्रमिक मात्र होइन गुरु प्रशिक्षक मार्गदर्शकका रूपमा समेत सफल हुने चन्द्रकान्त पौडेलले बताए ।

कार्यक्रमले नेपालको पर्यटनको क्षेत्र थप लाभान्वित हुने र नेपाल-जापान सम्बन्ध थप सुदृढ विश्वास लिइएको छ ।