
काठमाडौँ, १९ असोज । थाइल्याण्डमा एक न्यायाधीशले अदालतभित्र आफैंलाई गोली हानेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ परेका पाँच मुस्लिम पुरुषलाई सफाइ लिएका थिए ।
लगत्तै न्यायापालिका निश्पक्ष हुनुपर्छ भन्दै न्यायिक सपथ वाचन गरेका उनले अचनाक पेेस्तोल निकालेर आफ्नै छातीमा गोली हानेका हुन् । फिएन्चना, यला प्रान्तको अदालतका न्यायाधीश हुन् । यला क्षेत्र विद्रोहबाट प्रभावित दक्षिण थाइल्याण्डमा पर्छ ।
अदालतमा उपस्थित प्रत्यक्षदर्शीहरुकाअनुसार उनले दिवंगत थाई राजाको तस्वीरअघि न्यायिक सशत वाचन गरेका थिए । लगतै आफैंलाई गोली हाने । उनको एउटा अस्पतालमा उपचार भइरहेको छ ।
आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा भएको बाहृय हस्तक्षेप हुनसक्ने संकेत गरिएको छ ।















प्रतिक्रिया