सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

रामेछाप–दोहा सम्पर्क समाज कतारको शुभकामना आदन प्रदान कार्यक्रम

दैनिक नेपाल २०७६ असोज १९ गते ११:५२

दोहा, १९ असोज । रामेछाप–दोहा सम्पर्क समाजले २०७६ सालको विजया दशमी तथा शुभ दिपावलीको अवसमा दोहाको रोयल नेपाल रेष्टुरेण्ट नजमामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रथम उपाध्यक्ष उद्धव मगर, द्वितीय उपाध्यक्ष सामुयल सुनुवार, महासचीव नर बहादुर तामाङ्ग, सचिव निर्मल नेवा खडगी, कोषाध्यक्ष निर बहादुर मगर, संस्थाका प्रमुख सल्लाहाकार राम हरी खत्री सहभागी थिए ।

यस्तै, सदस्यहरु आशीस मुक्तान, विनीता घिसिङ्क, विक्रम योञ्जन, अशोक बल, शुभराज सुनुवार, अरुन सुनुवार, विकास सुनुवार, लाल बहादुर सुनुवार, गंगा मुक्तान, अन्जु मुक्तान, हेमा थापा पनि कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रमका अध्यक्ष उद्धव मगरले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, मुलुक भएकाले प्रत्येक जातजातीका मानिसहरु बसोबास गर्ने र आ–आफ्नै परम्परा तथा चाडपर्व रहेको उल्लेख गरे ।

‘बडादशैं त्यो चाड हो जुन प्राय सबै जातजाती र जनसमुदायले मनाउछन् । नेपालीहरुको महान चाड भएकैले यसलाई बडा दशैं भनिएको हो’, उनले भने ।

दशैँको धार्मिक आध्यात्मिक, सामाजीक, पारिवारिक, सांस्कृतिक एवं राष्ट्रियताको हिसाबले पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्दै शुभकामना कार्यक्रमले रामेछाप–दोहा सम्पर्क समाजमा आवद्ध हरेक व्यक्तिलाई अझै नजिक र सदभाव बढाउदै आगामी दिनहरुमा अझ जिल्ला बासीहरुको भेटघाट प्रगाढ हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित