सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

आफैले हानेको मिसाइल आफ्नै हेलिकप्टरलाई लागेको भारतद्वारा स्वीकार

दैनिक नेपाल २०७६ असोज १७ गते १७:३५

नयाँ दिल्ली, १७ असोज । गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर विषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाइल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ।

‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,’ वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताएका छन् ।

‘हामी विश्वस्त पार्न चाहन्छौँ कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन,’ उनले सञ्चारकर्मीहरूसँग भने ।

काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच फेब्रुअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकू समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो ।

उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले काश्मिरको पुलवामा आक्रमण गरी ४० भारतीय स्थल सेनाको हत्या गरेपछि भएको थियो । -रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित