३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । मुक्तिनाथविकास बैंक लिमिटेडले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएपछि उनले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

रकम स्वर्गीय विष्णुमाया बरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सुर्य प्रसाद बराललाई क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रमुख बाबुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु बैंकिङ्क प्रमुख धु्रव राज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष धनवहादुर नेपालीले संयुक्त रुपमा प्रदान गरे ।

विष्णुमायाको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याजबापतको रकम २ लाख ७३ हजार ९८३ र काजकिरिया खर्च ५ हजार रुपैयाँ समेत गरी २ लाख ७८ हजार ९८३ बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।