
-भगवान गिरी
लिस्बन, १४ असोज । मिर्गौला पीडित केशव प्रसाद पराजुलीका दुई छोराछोरी कृतिका पराजुली र कृतज्ञ पराजुलीको शैक्षिक सहायताको लागि पोर्चुगलबाट आर्थिक सहयोग जुटेको छ ।
सिन्धुपाल्चोक जन्म घर भही हाल पोर्चुगललाई कर्मथलो बनाउदै आउनु भएको, नेपाली महिला समाज पोर्चुगलकी सचिव सरला तिमिल्सिनाको पहलमा १ लाख १ हजार १ सय पाँच रुपैयाँ सहयोग रकम पोर्चुगलमा संकलन गरि हस्तान्तरण गरिएको छ ।
सिन्धुपाल्चोक बलेफी गाउँपलिकाका वडा नम्बर ६ निवासी पराजुलीका दुवै मिर्गौला पीडित छन् । उनी अहिले नियमित रुपमा उपचार गर्नुपर्ने र परिवारलाई पालन पोषणको लागि आर्थिक स्थिति निकै कमजोर भएकोले छोराछोरीलाई स्कुल पठाउन पनि कठिनाइ भएको खबर पछि हामी सिन्धुबासीहरुले स्फुर्तरूपमा रकम संकलन गरेको कुरा तिमिल्सिनाले बताईन् ।
पोर्चुगलबाट संकलन भएको रकम बलेफी गाउँपालिका वडा अध्यक्ष चित्रबहादुर तामाङ, प्रोफेसर कृष्ण कोपिला कोईराला रोहवरमा पीडित पराजुलीको घरमा पुगि तिमिल्सिनाका ८ वर्षीय सोफिया तिमिल्सिनाले उक्त रकम पराजुली छोरी कृतिका पराजुली लाई हस्तान्तरण गरेकि थिईन ।
अभियानमा पोर्चुगल एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापा र व्यावसाय अन्जान मिश्र र सावित्री थापाले साथ दिएका थिए ।















प्रतिक्रिया