
काठमाडौँ, १४ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि यस विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक केहीबेरमा बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महारालाई राजीनामा दिन सुझाव दिइसकेका छन् । बैठकले पनि महरालाई राजीनामा दिन लगाउने निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
यसअघि महराको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए । महराले पनि नेकपाका शीर्ष नेताहरुसँग परामर्श गरिसकेका छन् ।
सभामुख महरामाथि आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ ।
मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।
नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन् ।















प्रतिक्रिया