३ कार्तिक २०८३, मंगलबार

लक्ष्मी बैंकको नयाँ शाखाहरु मोरङ्गको रँगेली र काठमाण्डाैँको कपनमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । लक्ष्मी बैंकले आफ्नोशाखा संजालविस्तार गर्ने क्रममा आफ्नो ११४औँ शाखा मोरङ्गको रँगेलीमा र ११५औँ शाखा काठमाण्डोैंको कपनमा संचालनमा ल्याएकोे छ ।

यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यी नयाँशाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा सेवाविस्तार गर्दैआएको छ ।

यी शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।