सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

सिक्किमको अश्मिता र स्वाधीनता बिक्री भएको छः नवीन किरण

दैनिक नेपाल २०७६ असोज १३ गते १०:५२

गान्तोक । सिक्किमको वर्तमान राजनीतिक परिवेश घातक बन्दै गइरहेको भन्दै सिक्किम सब्जेक्ट कमिटीका उपसंयोजक नवीन किरणले सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेले सिक्किम बेचेको आरोप लगाएका छन् ।

एसकेएम सरकारको साशन धेरथोर देख्यौं, चेत्यौं र चाख्यौं भन्दै उनले सिक्किममा भारतीय जनता पार्टी र एसकेएम-को गठबन्धनलाई काण्डको सङ्ज्ञा दिएका छन्।

सिक्किमको रहल अश्मिता र स्वाधिनता बिक्रि भएको छ, पवन चामलिङको 25 वर्षे शासन परिवर्तनहुँदा भन्दा पनि धेर हिजोको गठबन्धनको स्थितिले जनताको मन रएको छ।

बीजेपी-लाई दुईवटा सीट बेचिएको देखियो, जसले सिक्किमको आत्मसम्मानलाई घात पुऱ्याएको छ। राजनीतिज्ञहरूले सिक्किमको पोल्टिक्सलाई डर्टी पोल्टिक्स बनाएका छन् भन्दै नविन किरण प्रधानले केन्द्रसँग मिलेर तर नझुकी सिक्किमको हितमा काम गर्ने स्वर्गीय नरबहादुर भण्डारीलाई स्मरण गरे।

उनले भने, ‘पूर्वमुख्यमन्त्री पवन चामलिङ केन्द्रसँग केही झुकेका थिए तर वर्तमान सरकार भने घुँडा टेकेको छ। गोले गिरेर सिक्किमको आत्मसम्मान बेचेर बैशाखीको आधारमा सरकार चलाउने काम गरेको हो। यस्तो कार्यले खुनको आँशु रुवाउने स्थितिको सिर्जना गरेको छ ।’

उनले भनेका छन्, ‘मुख्यमन्त्री गोले बीजेपी-को आशिर्वादले मुख्यमन्त्री भएका हुन् भन्दै पीएस गोलेको मुख्यमन्त्री बन्न संवैधानिक योग्यता भने नभएको बताए भने उनले त्यसै घटनाको कारण आज यो दिन देख्नुपरेको हो ।’

उपसंयोजक नवीन किरणले सिक्किमको आत्मसम्मानलाई बचाउन कम्मर कस्नुपर्छ भनेका छन्। उनले भोटिया, लेप्चा र नेपाली नबनेर पहिले सिक्किमे बन्नुपर्छ भन्दै उनले गठबन्धनलाई हराउने काम गर्नुपर्छ भनेका छन् ।

उनले जनताको पहिलो प्राथमिकता नै गठबन्धनलाई हराउनु रहेको छ भनेका छन। केन्द्रीय पार्टीलाई सिक्किमको राजनीतिमा यदी नीतिगतरूपमा अघि आएको भए स्वीकार्य हुनेथियो भन्दै बीजेपीलाई सिक्किमको राजनीतिमा चोर दैलोबाट छिर्ने काम गरेको पनि आरोप लगाएका छन्।

उनले बीजेपी र एसकेएम पार्टीको गठबन्धन विषयमा सिक्किमका ९० प्रतिशत मानिसहरू नकारात्मक रहेको पनि बताए। आज राजधानी गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री गोलेले सत्ताको निम्ती दुईवटा निर्वाचन क्षेत्र बेचेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित