सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

बीजेपीलाई बीएल सीट दिनु खतराको शङ्केतः पाशङ शेर्पा

दैनिक नेपाल २०७६ असोज १३ गते १०:४७

गान्तोक । सिक्किममा आफ्नो चौकी, पैसा र व्यक्तिगत फायदाको निम्ति राजनीति भइरहेको भन्दै स्वतन्त्र उम्मेद्वारको रूपमा खडा हुने पासङ ग्याली शेर्पाले पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रेसक्लब अफ सिक्किमको सम्मेलन कक्षमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पासङ शेर्पाले एसकेएम पार्टीको सरकारले सिक्किमे, सिक्किम आमा र आफैलाई बेचेको पनि आरोप लगाए ।

उनले सिक्किममा बीजेपी ल्याउनु भनेको सिक्किमलाई खतरामा हाल्नु हो भन्ने शङ्केत दिएकाे बताए । उनले भारतीय जनता पार्टीको एक देश एक कानून, एनआरसी लागू गर्ने बुँदाहरूमाथि पनि सिक्किमको भविश्य अशुरक्षित रहेको बताएका छन् ।

शेर्पाले सिक्किममा एनआरसी लागु गर्नु याहाँको पुरानो कानून र सिक्किम सब्जेक्टको विरोधमा हो भनेका छन् ।

मुख्यमन्त्री पीएस गोलेप्रति रुष्ठ हुँदै पासङ ग्याली शेर्पाले मुख्यमन्त्री गोलेले आफ्नो सत्ता बचाउनको निम्ति मात्र काम गर्दैछन् भनेका छन् ।

उनले यदि मजबूरीमा सबै कुरा भएको हो भने उनीहरूले मजबूरीमा आफ्नी आमा पनि बेच्न सक्छन् ? भनि प्रश्न राखेका छन् ।

मुख्यमन्त्री गोलेलाई सिक्किमको चिन्ता छैन भन्दै उनले सिक्किमो निम्ति नभएर आफ्नो चौकी बचाउन गठबन्धन गरेको हो भने ।

भारतीय जनता पार्टीमाथि बर्सिँदै उनले भने, जम्मू काश्मीरमा बीजेपी चोर दैलोबाट छिरेर जस्तो गरेको छ त्यो स्थिति सिक्किममा पनि हुनेछ ।

यसरी नै उनले एसकेएम पार्टीले बीजेपी-को निम्ति दुईवटा भोटिया-लेप्चा सीट छोडिदिनु पनि खतराको शङ्केत रहेको बताए । उनले बीजेपीबाट टिकट थाप्ने उम्मेद्वारहरूले टिकट फिर्ता दिनुपर्ने पनि माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित