३ कार्तिक २०८३, मंगलबार

खेलाडीलाई राज्यले पेन्सन र भत्ताको व्यवस्था गर्नुपर्छ : सांसद महत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, १२ असोज । संघीय सांसद तिलक महतले राष्टिय शानको लागि जीवनभर खेललाई आफ्नो पेशा बनाएका खेलाडीहरुका लागि अब राज्यले पेन्सन र भत्ताको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नवजागरण नमुना मावि चोरमारा रंगशाला र प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता २०७६ को आज उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सांसद महतले स्थानिय स्तरमा उत्पादन भएका खेलाडीहरुले राष्टियताको शानलाई बचाउने एक हिस्सा भएकाले युवा खेलाडीहरुलाई राज्यले नै हेर्नुपर्ने बताएका हुन् ।

सांसद महतले रंगशालालाई सम्पन्न गर्नका लागि लाग्ने लागतका लागि आफ्नो अगुवाई रहने बताए । १ वर्षभित्र सम्पन्न गर्ने गरि योजना बनाउन आयोजकलाई सुझाव दिदै यसका लागि नगरपालीका र सबैले सहयोग गर्नका लागि आग्रह गरेका हुन् । यस क्षेत्रमा भएको रंगशालामा नगरपालीकाको विशेष भुमिका रहने भन्दै संघ प्रदेश पनि यसप्रति चिन्तित रहेको स्पष्ट पारेका थिए ।

उद्घाटनमा बोल्दै मध्यबिन्दु नगरपालिकाकी उपप्रमुख ओमकुमारी महत्तोले मध्यबिन्दु नगरपालिका भित्र भएका सम्पुर्ण विकासी कार्यहरु नगरको योजनामा एकपछि अर्को हुदै आएको बताए ।

उहाँले शिक्षा स्वाथ्य बिकास निर्माणका हरेक कार्यलाई अगाडी बढाउँदै रंगशालालाई सम्पन्न गर्नका लागि नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उहाले अनुशासित खेलाडीले नै सफलता प्राप्त गर्न सक्ने भएकाले अनुशासनका साथ खेल्न पनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष अमृत प्रसाद ज्ञवालीले रंगशाला निर्माणका लागि वडाले ५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने आश्वासन दिए ।

कार्यक्रमका अध्यक्ष एवं मैदान स्तरोन्नतीका अध्यक्ष श्याम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा एन्फाका केन्द्रिय सहमहासचिव प्रकाश पंगेनि, एन्फा नबलपुर अध्यक्ष सेतमान पुन, मध्यबिन्दु नगरपालीका बडा न ४ देखी १५ सम्मका वडाअध्यक्षहरु, मध्यबिन्दु नगरशिक्षा समिति सदस्य प्रकाश चन्द्र पंगेनि मध्यबिन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुली प्रतियोगिताको आधिकारीक मिडीया दर्पण एफ एम ९९.२ मेगाहर्जका अध्यक्ष भिमलाल अधिकारी, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधीहरु विभिन्न पार्टि प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

चोरमाराको विजयी सुरुवात
आयोजक चोरमारा युवा क्लबले प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता बिजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा युनाइयटेड युवा कलब गिरुवारीलाइ २ शुन्य गोल अन्तरले पराजीत गर्दे आयोजक चोरमाराले विजयी सुरुवात गरृेको हो ।

पहिलो हाफको १७ औ मिनेटमा जर्सी न १५ का प्रताप गुरुगंले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक शुन्यको अग्रता कायम गरेको दोस्रो हाफमा पुन दोस्रो गोल थप्न सफल भयो । दोस्रो हाफको पहिलो मिनेट मै जर्सी न ११ का प्रताप बराइलीले दोस्रो गोल गर्दै टिमलाई दुइ शुन्यको जित दिलाए । आजको खेलमा आयोजक चोरमाराका प्रताप बराइली म्यान अफ दि म्याच घोषीत भए ।

भोलीको खेल नबलपरासी ११ र भेडाबारी बिच प्रतिस्प्रधा हुने खेल संयोजक चक्रबन्धु अधिकारीले जानकारी दिए । प्रतियोगितमा १४ टिम को सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधी विजेताले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ ।

त्यसैगरि सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५/१५ हजार, बेष्ट प्लेयरलाई १० हजार र सर्वा्िधक गोलकर्तालाई ७ हजार नगद पुरस्कार दिइने आर्थीक संयोजक भिम हमालले बताए ।

यसैबिच, विजय सामुदायिक वन उपभोक्ता समुह मध्यबिन्दु ७ चोरमाराले प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग गर्ने घोषणा गरेको छ भने दोस्रो पुरस्कार अर्थात १ लाख ११ हजार १ सय ११ रुपैया आस्था फुट वेयर ईन्डष्ट्रिज प्रालि रुपन्देहीले सौजन्य गर्ने घोषणा गरेको आर्थिक संयोजक हमालले बताए ।

यस्तै न्यौपाने ग्रील उद्योग मध्यविन्दु २ ले सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५/१५ हजार उपलब्ध गराउने घोषणा गरेको छ । प्रतियोगिताको आधिकारीक मिडीया सामुदायिक रेडीयो दर्पण एफ एम ९९.२ मेगाहर्ज रहेको छ ।