
बेइजिङ, १२ असोज । उत्तरी चीनमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । बस विपरीत दिशाबाट आइरहेको लरीसँग ठोकिदा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
बसमा ६९ जना यात्रु सवार थिए । बाटोमा गुडिरहेका बेला पाङ्ग्राको हावा खुस्किएपछि बसको दिशा मोडिएपछि लरीसँग ठोकिएको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।
दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । सन् २०१५ मा चीनमा एकै वर्षमा दुर्घटनामा परी ५८ हजारको मृत्यु भएको थियो ।
चीनमा हुने दुर्घटनाको ९० प्रतिशत ट्राफिक नियम उल्लंघन गरेका कारण हुने गर्छन् । -एजेन्सी















प्रतिक्रिया