३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैँक र काठमाडौँ ज्वेलरी देव कर्नरबीच सहकार्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ असोज । मुक्तिनाथ विकास बैँक लि. र के.जे. देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ । सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरको प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैँक लिले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैँकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले जानकारी दिए ।