सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

हुथी बिद्रोहीले साउदी सैनिकहरूलाई नियन्त्रणमा लिएकाे दाबी

दैनिक नेपाल २०७६ असोज १२ गते १०:३९

लण्डन, १३ असाेज । यमनमा संघर्ष गरिरहेका हुथी बिद्रोहीले ठूलो संख्या साउदी सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ ।

साउदी अरेबिया र यमनको सीमा क्षेत्रमा गरेको ठूलो आक्रमणको क्रममा साउदी सैनिकलाई नियन्त्रणमा लिएको हुथीको दाबी छ ।

साउदी अरेबियाको बजार नाजरान नजिकै तीनजना साउदी ब्रिगेडियरले आत्मसमर्पण गरेको हुथी बिद्रोहीका प्रवक्ताले बताएको बिबिसीले उल्लेख गरेको छ ।

हजार भन्दा बढीको संख्यामा साउदी सेना नियन्त्रणमा रहेको र ठूलो संख्यामा साउदी सैनिक मारिएको ती प्रवक्ताले दाबी गरेका छन् ।

साउदी अरेबियाका अधिकारीले हुथी बिद्रोहीको दाबीको पुष्टि गरेका छैनन् । सन् २०१५ को मध्यतिर हिंसा सुरु भएयता साउदी अरेबियाको सैन्य समूहमाथि आफूहरुको यो हालसम्मकै ठूलो आक्रमण रहेको हुथी प्रवक्ताको दाबी छ ।

कर्णेल याहिया सारिएले साउदी सैन्य समूहमा मानवीय तथा भौतिक स्तरमा ठूलो क्षति भएको दाबी गरेका हुन् । नियन्त्रणमा लिइएका सबै साउदी सैनिकले आइतबार हुथीले सञ्चालन गरेको अल मासिराह टेलिभिजन नेटवर्कमा परेड गर्ने उनले बताएका छन् ।

हुथी बिद्रोहीले सेप्टेम्बर १४ मा साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन तथा क्रुज मिसाइल आक्रमण गरेको दाबी गरेको थियो ।

जसका कारण विश्व बजारमा तेलको आपूर्तिमा असर परेको छ । तर सो आक्रमण इरानको तर्फबाट भएको साउदी अरेबिया तथा अमेरिकासहित बेलायत, फ्रान्स र जर्मनीको भनाई छ ।

यमनका सन् २०१५ को मध्य यता साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्ध कारवाही अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित