३० आश्विन २०८३, शुक्रबार

एनआरएनएको महिला संयोजकमा जुनुकाे उम्मेदवारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरिया । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनएको नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

एसिया प्याशिफिक महिला फोरम संयोजक गुरुङ दक्षिण कोरियामा मात्र नभएर नेपाल तथा बिभिन्न देशहरूमा समेत नेपालीहरुको हक हितको लागि निरन्तर खट्ने बरिष्ठ एंव चर्चित समाजसेवीको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् ।

नेपालीहरूको कुनै पनि समस्या देख्ने र सुन्ने बितिकै सेवाको लागि पुगिहाल्ने कमलको मनकी गुरुङ, बिशेष समाजसेवा गरे बापत दक्षिण कोरिया सरकारद्वारा प्रदान गरिने मानार्थ सिटिजन सिपको (मानार्थ नागरिक)उच्च सम्मानले पुरस्कृत हुने पहिलो नेपाली महिला पनि हुन् ।

महिलाहरूको साझा संस्थाको को सस्थापक अध्यक्षमा पनि सफल कार्यकाल सम्पन्न गरिसकेकी गुरुङ आदिवासी जनजाति लगायत दर्जनौं सामाजिक संघ सस्थाहरूमा समेत क्रियाशील छिन् ।