गान्तोक । आफूमा कार्य क्षमता र आत्मविश्वास छ भने अवश्य पनि सफल हुन सकिन्छ । युवाले सरकारमाथि मात्र होइन आफ्नो क्षमताको विकास गरी आफू सशक्त हुनसक्नुपर्छ ।
यो भनाइ नेशनल युथ आइकन अवार्ड २०१९ ले पुरस्कृत हुन गइरहेकी सङ्गीता दाहालको हो । उनी यस वर्षको अवार्डमा भारत (सिक्किम)लाई प्रतिनिधित्व गर्नेछिन् ।
इण्टनरनेशनल युथ कम्युनिटीद्वारा आगामी २७ सेप्टेम्बरको दिन दिल्लीमा हुने एक कार्यक्रमबीच उनी नेशनल युथ आइकन अवार्डले सम्मानित हुन गइरहेकी छन् ।
उनको भनाइ छ, ‘प्रत्येक युवाले आफू सफल हुनको निम्ति कठिन परिश्रम गर्नुपर्छ। जसले ध्यान पूर्वक परिश्रम गर्छ ऊ अवश्य सफल बन्नेछ। काम भनेको सिक्दा जानिने कुरा हो । समाजसँग मिलेर काम गरे धेरै कुरा जानिन्छ। मैले यो सफलता पाउनु मेरो परिश्रम र आत्मविश्वासको कारण हो। राम्रो काम गर्दा नराम्रो गर्नखोज्नेहरू धेरै भेटिन्छन्। नराम्रा कुराहरूलाई दबाउने प्रयास गर्नुपर्छ ।’
कतिपयः यस्ता मानिसहरूसँग पनि काम गर्नुपर्छ जसलाई आफूले लगाएको गुण बिर्सिने गर्दछन्। आफूले लगाएको गुण बिर्सिएपनि आफ्नो कारणले उनीहरू सफल बन्दछन् भने त्यसमा नै धेर खुशी लाग्छ। आफ्नोमात्र नभएर अर्काको सफलतामा पनि खुशी बस्नुपर्छ।’ युवाशक्तिको जीवनशैलीको वकास, महिला शक्तिकरण, महिलाहरूको आर्थिक, सामाजिक हितमा जागरुक गराउने कार्यमा आफूलाई सधैं अघि राख्ने सङ्गिता समाजसँगै आफ्नो परिवारप्रति पनि जिम्मेवार महिला हुन्।
आफ्नो सफलताको श्रेय संयुक्त राष्ट्र स्वयंसेवा र नेहरू युवा केन्द्र सिक्किमलाई दिँदै उनले भनेकि छन्, मेरो प्रत्येक सफलताको पछि यिनै दुईवटा संगठनको ठूलो योगदान छ। सङ्गिता दाहालको अर्को सबल सामाजिक पक्ष हो रक्तदान। उनी धेरै सामाजिक कार्यहरूको क्षेत्रमा रहँदै आफूलाई एक रक्तदाताको क्षेत्रमा पनि परिचित गराउँदै छन्।
सङ्गिता दाहालको व्यक्तिगत परिचय दिनुपर्दा उनी पूर्व सिक्किमको रुम्तेकमा १० नोभेम्बर १९८७ को दिन जन्मिएकी दाहालले आफ्नो शैक्षिक यात्रा सरकारी उच्चतर माध्यमिक स्कूल रुम्तेकबाट शुरु गरेकी हुन् भने उत्तर बङ्गाल विश्वविद्यालय सिलगडीबाट समाजशास्त्रमा स्नातकोत्तर पास गरेकी हुन्।
समाज सेवाबाट आफूलाई समाजमा परिचित बनाउँदै आएकी सङ्गिता दाहालले स्नातकोत्तर पछि पनि सामाजिक कार्यलाई नै आफ्नो जीवन जिउने तरिका मानिन् ।
सङ्गीता दाहाल १० वर्षको अवधीसम्म समाज अनि सामाजिक कार्यमा जोडिएका धेरै राष्ट्रिय अनि अन्तर्राष्ट्रिय परियोजनामा काम गरेको अनुभव बताउँछिन्।
उनी भन्छिन, मलाई सामाजिक कार्य अनि स्वयं सेवकको रुपमा काम गर्न रुचाउँछु। सिक्किमबाट पहिलो संयुक्त राष्ट्र स्वयं सेवीको रूपमा छनौट भएकी सङ्गीता अहिले संयुक्त राष्ट्र स्वयंसेवी तथा भारत सरकारको खेल तथा युवा मामिला मन्त्रालय अन्तर्गत नेहरू युवा केन्द्र संगठन नाम्चीको जिल्ला युवा समन्वयककोरूपमा कार्यरत छन् ।















प्रतिक्रिया