३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको विस्तारित काउण्टर उच्च अदालत पाटन परिसरमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असोज । एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरे ।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउनुहुने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।