१ कार्तिक २०८३, आइतबार

पाकिस्तान प्रशासित कश्मीरमा ज्यान गुमाउनेको संख्या २५ पुग्याे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कराँची, ८ असाेज । पाकिस्तान प्रशासित कश्मीरसहितका स्थानमा मंगलबार बेलुका गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

५.८ म्याग्निच्युडको भूकम्पका कारण कश्मीरका विभिन्न स्थान तथा पाकिस्तानको राजधानी इस्लामावादसहितको जनजीवन प्रभावित भएको छ ।

महिला तथा बालबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको पुष्टि भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । झण्डै ४०० जना घाइते भएको र घाइते मध्ये अधिकांश गम्भीर रहेको जनाइएको छ ।

भूकम्पका कारण सयौँ भवन भत्किएका छन् । ग्रामीण क्षेत्रमा टेलिफोन तथा विद्युत सेवा बन्द भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेको जनाइएको छ ।