बेल्जियम । बेल्जियमको आन्त्वेर्पेन शहरमा सम्पन्न नेवारहरुको संस्कृति र परम्पराको जगेर्ना गर्न बनेको संगठन पासापुच: बेल्जियमको चौथो अधिवेशनले प्रतिष्ठित ब्याबशायी तथा सामाजिक अभियन्ता चिजकुमार श्रेष्ठ (शिलु )को अध्यक्षतामा २०१९ /२१ को लागि कार्यसमिति निर्माण गरेको छ ।
सर्वसहमतिमा निर्माण भएको उक्त कार्यसमितिमा तीन जना उपाध्यक्षहरु क्रमश राधा प्रधान,मुना ताम्राकार र उत्तम मल्ल रहेका छन् भने महासचिब सुर्य नारायण श्रेष्ठ छन् ।
त्यस्तै कोषाध्यक्ष प्रेम प्रधान,सह कोषाध्यक्ष मैयाँ श्रेष्ठ ,ब्याबस्थापन संयोजक शंकर श्रेष्ठ,साँस्कृतिक संयोजक निशा चित्रकार का साथै सदस्यहरुमा क्रमश प्रसान्त श्रेष्ठ(ब्रुस्सेल ), जितेन्द्र कर्माचार्य (ओवेस्टेण्डे ),रबिन श्रेष्ठ (लुभेन ),उमेश कर्माचार्य ,कृष्ण श्रेष्ठ(सेन्त्रुदेन ),संजु उदास (गेण्ट ) र प्रकाश जोशी रहेका छन्। सचिब लगायत अन्य पदाधिकारीहरुको आबस्यकता अनुशार पदपूर्ति संस्थाको आगामी बैठकले गर्ने गराउने अधिकार अधिवेशनले कार्यसमितिलाई दिएको छ।
आयोजक संस्थाका तात्कालिक अध्यक्ष भिम जोशीको सभापतित्वमा भब्य साँस्कृतिक तामझामका साथ सम्पन्न भएको चौथो अधिवेशनको प्रमुख अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख सुधिर भट्टराई रहेका थिए भने अतिथिहरुको स्वागत सोहि संस्थाका सल्लाहकार तथा अधिवेशन संयोजक योगेन्द्र श्रेष्ठले मन्तब्य मार्फत गरेका थिए।
अन्य अतिथिहरूमा क्रमश एनआरएन युरोप संयोजक शिब बरुवाल, केन्द्रीय अनरी गोबिन्द सुबेदी, संस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, महिला संयोजक रजनी प्रधान, एनआरएन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, जनसम्पर्क समितिकी अध्यक्ष सीता सापकोटा,जन प्रगतिशील मंचका अध्यक्ष जित लामा, नवल परासी समाजका अध्यक्ष बिजय मल्ल, एनआरएनका पुर्व अध्यक्ष गंगाधर गौतम, आइसीसीहरू क्रमश सुबास जोशी, पदम गुरुङ र कमल पन्थी, प्रबासी नेपाली मंचका महासचिब चन्द्र शर्मा, चार दिशा पत्रिकाका प्रधान सम्पादक पत्रकार ओम शर्मा, तमु समाजकी अध्यक्ष दुर्गा गुरुङ, समाजबादी पार्टीका युरोप संयोजक तथा एनआरएन बेल्जियमका पूर्व अध्यक्ष पीजी शेर्पा लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक संघ संगठनहरूको प्रतिनिधित्व रहेको थियो ।
उनीहरूले नयाँ समितिलाई मन्तब्य मार्फत शुभकामना दिएका थिए । घोषणा सभा पछि पासापुच : बेल्जियमले अधिबेशनका निम्तालु सबैसंग नेवारी सहभोजको आयोजना गरेको थियो ।
















प्रतिक्रिया