३ कार्तिक २०८३, मंगलबार

रिलायबलको नयाँ जीवन बीमा योजना “रिलायबल समुत्रति जीवन बीमा योजना”

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ असोज । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको दोश्रो वर्ष पुरा गरि तेश्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा आवधिक धनफिर्ता योजना (Money Back Plan) “रिलायबल समुत्रति जीवन बीमा योजना” प्रचलनमा ल्याएको छ ।

यस योजना अन्तर्गत बीमितको ईच्छाअनुसार वार्षिक अथवा प्रत्येक चार वर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त गर्नेछन् ।

कथंकदाचित बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरि पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिइन्छ ।

बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बाँकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितलाइ भुक्तानी दिइनेछ । यस योजनामा पाँच वटा ऐच्छिक सुबिधाहरु– क) बीमाशुल्क छुट सुविधा, ख) स्थाइ पुर्ण अशक्तता सुविधा, ग) दुर्घटना मृत्युलाभ, घ) घातक रोग सुविधा तथा ङ) अस्पताल नगद सुविधा समेत थप गरि लिन सकिनेछ ।

यस योजनाका साथ साथै कम्पनीले म्यादी, सावधिक र आजीवन बीमा अन्तर्गत विभिन्न आकर्षक योजनाहरु प्रचलनमा ल्याई सकेको छ ।

कम्पनीको हालसम्म ९२ वटा शाखा तथा उपशाखाहरु संचालनमा आईसकेको र निकट भविष्यमा ७७ वटै जिल्लामा कार्यालयहरु संचालनमा ल्याउने र देशै भरि आफ्नो उपस्थिती जनाइ आधुनिक जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढि रहेको कम्पनीले जनाएको छ ।